भारतमा कोरोना संक्रमितको संख्या ३ लाख पुग्नै लागेको छ । समाचार तयार गर्दासम्म यहाँ २ लाख ९८ हजार २ सय ८३ जना संक्रमित छन् । यसअघि लामो समयदेखि सक्रिय संक्रमितको सुचीमा भारत चौथो स्थानमा थियो ।

अब भने स्पेन र बेलायतसम्मलाई उछिनेर कुल संक्रमित संख्यामा पनि भारत चौथो स्थानमा उक्लियो । भारतभन्दा धेरै संक्रमित संख्या अमेरिका, बेलायत र रुसमा मात्रै छ ।

भारतमा मृतकको संख्या पनि लगातार बढ्दो छ । यहाँ ८ हजार ५ सय १ जनाले ज्यान गुमाइकेका छन् । एशियामा ईरानपछि सर्वाधिक धेरै जनाको मृत्यु भारतमै भएको हो । ईरानमा ८ हजार ६ सय ६९ जनाको मृत्यु भइसकेको छ ।

भारतमा पछिल्लो समय लकडाउन केही खुकुलो गरिएको छ । तर, यसको असर स्वरुप संक्रमितको संख्या पनि दैनिक बढ्दैछ । अहिले दैनिक ११ हजारको हाराहारीमा नयाँ संक्रमित थपिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!