शुक्रबार, जेठ ३०, २०७७ || 1746  पटक पढिएको

आज (शुक्रबार) पनि देशका विभिन्न सहरमा सरकार र प्रहरी दमनविरुद्ध शान्तिपूर्ण प्रदर्शन भएको छ । कोभिड–१९ रोकथाम र जाँचमा ढिलासुस्ती गरेको, सरकारी खर्च पारदर्शी नभएको भन्दै शुक्रबार पनि युवाहरू मुख्य सहरहरुमा सरकार विरोधी प्रदर्शन जारी राखेका छन् ।

काठमाडौंको नक्सालमा बिहीबारको सरकारको विरोधी प्रदर्शनमा प्रहरीले दमन गरेको बन्दै शुक्रबार बसन्तपुर दरबार क्षेत्रमा युवाहरुले शान्तिपूर्ण प्रदर्शन गरेका छन् । त्यस्तै धुलिखेल, बुटवल, जनकपुरधाम र विरगञ्जका मुख्य सडकमा आज पनि युवाहरुले शान्तिपूर्ण प्रदर्शन गरेका छन् ।

सरकारले कोरोना संक्रमण जाँचका लागि पीसीआर बढाउन, क्वारेन्टाइनको गुणस्तर सुधार गर्न, मेडिकल क्षमता विस्तार गर्न र खर्च पारदर्शी बनाउन माग गर्दै बिहीबारदेखि देशैभर स्वस्फूर्त प्रदर्शनमा उत्रेका छन् । प्रदर्शनमा मुख्यगरी युवा तथा व्यवसायीलगायत संलग्न छन् ।

उनीहरुले ‘हार्मी भोट दिन्छौं, सरकार चोट दिन्छ, कुर्सी मुनी कार्पेट, कार्पेट मुनी जनता, रोग कि भोक, नेपाली नै नरहे नेपाल कहाँ रहला’ जस्ता प्ले कार्ड बोकेर शान्तिपूर्ण प्रशर्दन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!