हिपमत डटकम
काठमाडौं,पौष-१७

चालू आर्थिक वर्षमा सरकारले लिएको ८.५ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य प्राप्ति असम्भव रहेको मुलुकका अर्थशास्त्रीहरुले टिप्पणी गरेका छन् । संघीय संसदको अर्थसमितिको बुधबार आयोजना गरेको अर्थतन्त्रको अवस्थाबारे छलफलमा उनीहरुले सरकारको अहिलेको काम गराइले लक्ष्यअनुसार आर्थिक वृद्धि असम्भव भएको बताएका हुन् ।पुँजीगत खर्चमा देखिएको सुस्तता र राजस्व असुलीमा देखिएको खाडलले चालू आर्थिक वर्षमा सरकारले लिएको लक्ष्य प्राप्त हुन असम्भव देखिएको अर्थशास्त्रीहरु बताउँछन् । सरकारले चालू आर्थिक वर्षको पाँच महिनामा १० प्रतिशतमात्रै पुँजीगत खर्च गरेको छ । जुन गत वर्षभन्दा कम हो भने राजस्व असुलीमा पनि ८५ अर्बको ग्याप देखिएको छ । यो समाचार आजको कारोबार दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!