शुक्रबार, जेठ ३०, २०७७ || 877  पटक पढिएको

पश्चिम रुकुमको सोती घटनाका दोषिलाई कारवाहीको माग गर्दै माइतीघरमा विरोध प्रदर्शन भएको छ । संयुक्त राजनीतिक दलित संघर्ष समितिको आयोजनामा घटनाका दोषिलाई कारवाही गरी मृतकहरुलाई सहिद घोषणा गर्न माग गरेको छ । धर्ना र प्रदर्शनपछि सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारीका वरिष्ठ नेता सिपी गजुरेलले सोती घटना विरुद्ध भइरहेको प्रदर्शन श्रद्धाञ्जली अर्पणमा मात्रै सिमित नभएर कडा रुपमा अगाडी बढाउनुपर्ने बताए ।

संयुक्त राष्ट्रसंघले समेत घटनाका विषयमा चासो देखाएको उल्लेख गर्दे उहाँले जनयुद्धको राप र ताम सेलाएपछि जातिय विभेदका घटना पुनः बढेको बताए । मानवअधिकारकर्मी कृष्ण पहाडीले सोती घटनाले प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई नंग्याएको बताए ।

प्रदर्शनकारीहरुले मानवअधिकारको रक्षा गर्दै मृतकलाई सहिद घोषणा गर्नुपर्ने, दोषिलाई कारवाही गर्नुपर्ने र घाइतेहरुको उपचार गर्नुपर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!