शुक्रबार, जेठ ३०, २०७७ || 629  पटक पढिएको

असार महिना शुरु हुन लाग्दा कृषकले आवश्यक मात्रामा मल पाउन सकेका छैनन् । जिल्लामा अहिले युरिया मलको अभाव देखिएको छ । घण्टौँसम्म लाइन बस्दासमेत डिएपी र पोटास पाए पनि कृषकले अहिले युरिया मल पाउन सकेका छैनन् । धान रोपिसकेपछि बालीमा हाल्नका लागि अवश्यक पर्ने युरिया मल जिल्लाका कुनै पनि स्थानमा पु¥याउन नसकिएको कृषि सामग्री कम्पनी लि शाखा कार्यालय भरतपुरका प्रमुख रवीन्द्र गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार धान खेतीका लागि मात्र जिल्लामा १५ हजार मेट्रिक टन माग भएको छ । तर अहिले साल्टटे«डिङ र आफूसँग युरिया मल नभएको उहाँले बताउनुभयो । लामो समयसम्म विश्वव्यापी लकडाउनका कारण आपूर्ति असहज हुँदा पर्याप्त मात्रामा मल उपलब्ध गराउन नसकिएको उहाँको भनाइ छ । कम्पनीले गत वर्ष १० हजार मेट्रिक टन युरिया, पाँच हजार मेट्रिक टन डिएपी र एक हजार ५०० मेट्रिक टन पोटास बिक्री गरेको थियो । साल्ट ट्रेडिङले तीन हजार मेट्रिकटन युरिया मल बिक्री गरेको थियो । अहिले दुवै संस्थामा मलको अभाव रहेको गौतमले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिलेसम्म मौज्दातबाट चलेको थियो । अब कतै छैन । लकडाउनले आउनुपर्ने मल रोकिएको छ ।” लकडाउन खुलेसँगै आपूर्ति सहज हुने उहाँको भनाइ छ । जिल्लामा वर्षेधान २७ हजार ७३५ हेक्टर र चैतेधान छ हजार हेक्टर क्षेत्रफलमा लगाउँदै आएको छ । वर्षेधान लगाउने समयमा मल नपाएपछि कृषक चिन्तित बनेका छन् । कृषि ज्ञान केन्द्र भरतपुरका प्रमुख राजन ढकालले मलको अभाव भएपछि प्रदेश सरकारसँग आपूर्ति सहजताका लागि आग्रह गरिएको जानकारी दिनुभयो । मल ल्याएर बिक्री गर्ने संस्थाले सहजरूपमा आपूर्ति गर्न नसक्दा समस्या भएको उहाँको भनाइ छ । मलको व्यवस्थापनका लागि छलफल भइरहेको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!