फाइल तस्बिर
सर्लाहीस्थित नेपाल–भारत सीमा क्षेत्रमा सश-स्त्र प्रहरी र भारतीय नागरिकबीच झड-प भएको छ । भारतबाट नेपाल प्रवेश गर्न खोज्ने व्यक्तिलाई रोक्न खोज्दा उक्त झ-डप भएको हो । त्यसक्रममा सश’स्त्र प्रहरीले चलाएको गो-ली लागेर एक जनाको मृ-त्यु भएको छ । स-शस्त्र प्रहरीका प्रवक्ता डीआईजी प्रवीणकुमार श्रेष्ठले मृ-त्यु हुनेको परिचय खुलिनसकेको बताए । उनले भने, ‘घट’नामा भारतीय पक्षका दुई जना र सश-स्त्र प्रहरीका तीन जना घा-इते भएका छन् ।’ प्रहरीको हति-यार खोस्ने भारत सितामढी, लालबन्दीका ४५ वर्षीय लगन रामलाई पनि पक्रा-उ गरिसकिएको उनले बताए । प्रारम्भमा भारतबाट २०–२५ जनाको टोली आएर संग्रामपुरस्थित बोर्डर आउट पोष्ट (बीओपी) मा विवा’द गरेका थिए । उनीहरुलाई फर्काएको केहीवेरमा करिब एक सय जनाको टोली आएपछि विवा-द बढेको र स्थितिलाई निय’न्त्रणमा लिन १० राउण्ड हवाई फायर पनि गर्नुपरेको सश-स्त्र प्रहरीको भनाइ छ । बाराका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले भारतबाट तस्क’री गर्न आएका मानिससँग सीमा क्षेत्रमा सश-स्त्र प्रहरीको झड-प भएको बताए । उनले भने, ‘अहिले थप सुरक्षा अधिकारी त्यहाँ पठाइएको छ, विस्तृत विवरण आउन बाँकी छ ।’