शुक्रबार, जेठ ३०, २०७७ || 810  पटक पढिएको

कोरोना भाइरसको महामारी नियन्त्रणमा सरकारले चालेको कदमप्रति नागरिक स्तरमा असन्तुष्टि बढ्दो छ । यसैबीच सरकारविरुद्ध आन्दोलनमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले लाठी चार्ज पानीको फोहरा र अश्रुग्यास समेत प्रहार गरेपछि स्थिति तनावग्रस्त बन्दै गएको छ ।

सरकारले गरेको लकडाउनको पालना गर्दै महिनौ सम्म घरमै थुनीयर बसेका नागरिकहरुले केही दिन यता सरकारविरुद्ध बालुवाटार केन्द्रित आन्दोलन गर्दै सडकमा आक्रोस पोख्दै आएका छन् ।

कोरोनाभाइरसको महामारी नियन्त्रणमा सरकारले चालेको कदमप्रति नागरिक स्तरमा असन्तुष्टि बढेको छ । भ्रष्टाचार र नागरिकमाथिको बेवास्ता कोरोना नियन्त्रण तथा औषधि उपकरण खरिदमा भएको खर्च पारदर्शी हुनुपर्ने, आरडीटी परीक्षण रोक्नुपर्ने, थोपरिएको कर खारेज गर्नु पर्ने लगायतका माग राखेर सरकारविरुद्ध प्रदर्शन भएको हो । ११ चैतदेखि लकडाउन सुरु भययता यति धेरै संख्यामा प्रदर्शन भएको पहिलो पटक हो ।

बिहीबार विभिन्न स्थानमा प्रदर्शन गर्ने क्रममा युवा विद्यार्थीहरु बालुवाटार क्षेत्रमा ठूलो संख्या उपस्थित भएका हुन् । उनीहरुमाथि प्रहरीले बल प्रयोग गरेको हो । प्रहरीलाई भिड नियन्त्रणमा लिन हम्मेहम्मे परेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!