कोरोना भाइरसको महामारी नियन्त्रणमा सरकारले चालेको कदमप्रति नागरिक स्तरमा असन्तुष्टि बढ्दो छ । यसैबीच सरकारविरुद्ध आन्दोलनमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले लाठी चार्ज पानीको फोहरा र अश्रुग्यास समेत प्रहार गरेपछि स्थिति तनावग्रस्त बन्दै गएको छ । सरकारले गरेको लकडाउनको पालना गर्दै महिनौ सम्म घरमै थुनीयर बसेका नागरिकहरुले केही दिन यता सरकारविरुद्ध बालुवाटार केन्द्रित आन्दोलन गर्दै सडकमा आक्रोस पोख्दै आएका छन् ।