शुक्रबार, जेठ ३०, २०७७ || 616  पटक पढिएको

भक्तपुर नगरपालिका–१ चुनदेवीमा अरनिको राजमार्गको सर्भिस ट्र्याकमा पानी जान बनाएको ढलमा पानीको बेगले हानेर ढलभित्र छिरेका ट्रक चालकको शव ललितपुरमा भेटिएको छ । बिहीबार वाग्मती गाउँपालिका–१ भुजेल भन्ने ठाउँमा शव देखेपछि प्रहरीलाई खबर गरी पहिचान गर्दा सिन्धुली रानीचुरी स्थायी घर भई हाल हेटौँडा नगरपालिका–९ बस्ने ५७ वर्षीय चालक नरबहादुर राउतको शव भेटिएको हो । ढलबाट छिरेदेखि नै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले हनुमन्तेखोला हुँदै ललितपुर र काठमाडौँको नदीमा खोजीकार्य जारी राखेका थिए । बिहीबार स्थानीयवासीले शव देखेपछि प्रहरीले मृतकको आफन्तमार्फत शवको पहिचान गरी शव परीक्षणका लागि अस्पताल पठाएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!