जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महताेले रुकुम चौरजहारीमा भएको घटना मानव जातिकै लज्जाको विषय भएको बताएका छन् ।

उनले भने, ‘हामी धेरै लड्यौँ, कहिले अधिकारका लागि लड्यौँ, तर त्यतिले पुगेको छैन, गणतन्त्रमा पनि दलित भएकै कारण ६–६ जनाले ज्यान गुमाउनुपर्ने अवस्था छ, अब यसको विरुद्ध कसले लडिदिने ?’

बिहीबार काठमाडौंको माइतीघरमा संयुक्त राजनीतिक दलित संघर्ष समितिले गरेको विरोध कार्यक्रममा बोल्दै उनले अब दलितका लागि दलित मात्रै लड्ने अवस्था नरहेको बताए ।

‘दलितका लागि दलित मात्रै लडेर हुँदैन, उनीहरू सधैँ लडिरहने, अरूचाहिँ तमासा हेरेर बस्ने ? हामीलाई लाज लाग्नुपर्छ,’ उनले भने ।

उनले छुवाछुत र जातीय विभेदजस्तो कलंकको विरुद्धमा अब सबै नेपाली लड्नुपर्ने अवस्था आएको बताए ।

‘हाम्रो देश विविधताले युक्त देश हो, बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक देश हो, यहाँ सयौँ फूलका थुंगा फुल्न पाउनुपर्छ । राष्ट्रिय गानले सबैलाई समेट्न सक्नुपर्छ,’ उनले भने ।

उनले जनता समाजवादी पार्टी हिमाल, पहाड र तराईका उत्पीडित समुदायको मुक्ति र न्यायका लागि सक्रिय रहने बताए । यो खबर आजको नया पत्रिकामा प्रकाशित ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!