ब्राजिलका केही इलाकामा लकडाउन खुकुलो पारिएको छ, साथै साओ पाउलो र रियो डि जेनिरोमा पसल र सपिङ मल खोलिएका छन् । अमेरिकापछि संसारमा कोरोनाभाइरसका कारण सबैभन्दा प्रभावित देश ब्राजिल हो । यहाँ संक्रमितको संख्या साढे सात लाख नाघेको छ भने मृतकको संख्या ३९ हजार ६ सय ८० रहेका छन् । यद्यपि, जानकारका अनुसार देशमा कोरोनाभाइरसको परीक्षण सिमित संख्यामा भइरहेको छ जसका कारण वास्तविक संख्या निकै धेरै हुनसक्छ । साओ पाउलो युनिभर्सिटी हस्पिटलका आइसीयू र इमर्जेन्सी विभागमा काम गर्ने डाक्टर गरसन सेल्वाडोरले पसल र सपिङ मल खोलिएको विषयलाई समर्थन नगर्ने बताएका छन् । उनी भन्छन्, ‘दैनिकको संख्यामा कोरोनाभाइरस संक्रमणका लक्षण भएका थुप्रै बिरामी अस्पताल आइरहेका छन् । हाम्रो अस्पतालमा त अहिले स्रोत साधन उपलब्ध छ तर ब्राजिलका अन्य अस्पतालको स्थिती पनि यस्तै छ भनेर भन्न सकिन्नँ ।’ उनका अनुसार कोरोनाभाइरसको विषयमा राष्ट्रपति जायर बोलसोनारोको व्यवहारका कारण ब्राजिलको स्थिती भिन्न छ । राष्ट्रपतिले कोरोनाभाइरसलाई ‘साधारण फ्लू’ बताउने गरेका छन् । डाक्टर गरसन सेल्वाडोर भन्छन्, ‘डाक्टरका लागि कोभिड–१९ का बिरामीको उपचार गर्नु निकै चुनौतीपूर्ण भएको छ किनभने मानिसहरुले डाक्टरको कुरा सुन्ने कि राष्ट्रपतिको भन्ने बुझ्नै सकेका छैनन् । मानिसहरुले डाक्टरको सल्लाहमा विश्वास गरिरहेका छैनन् ।’

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!