बिहिबार, जेठ २९, २०७७ || 1110  पटक पढिएको

गत वर्ष पुसमा प्रेमिका नवराज विकको घरमा दुईपटक गएकी थिइन् । पहिलो पटक नवराजकी आमा उर्मिला विकले छोरीको साथी हुन् भन्ने मात्र थाहा पाइन् । अर्को पटक आउँदाचाहिँ उर्मिलाले ती किशोरी र आफ्नो छोराबीच प्रेमसम्बन्ध रहेको थाहा पाइन् । त्यतिबेला उनले सोधेकी थिइन्, ‘नानी, तिमी मल्लकी छोरी रहिछेऊ । हामी विक । भोलि अप्ठ्यारो पर्छ । के सोचेकी छ्यौ ?’

सांकेतिक स्केच

किशोरीले प्रेमसम्बन्ध नकारिनन् । बरु आत्मविश्वासी भएर भनिछन्, ‘ममी, म मल्ल ठकुरीकी छोरी हुँ तर मेरो बुबाआमा बुझ्ने हुनुहुन्छ । बुबा पहिल्यैदेखि माओवादी हो । जातिपातीको कुरा गर्नुहुन्न । हाम्रै आफन्तमा पनि दलितसँग बिहे भएको छ । त्यसैले आत्तिनु पर्दैन । परिवारले मान्नुहुन्छ ।’

त्यसयताका हरेक रात उनले पश्चिम रुकुम सदरमुकाम मुसिकोटस्थित प्रहरीको हिरा-सत कक्षमा बिताइरहेकी छन् । उनीमाथि कर्तव्य ज्यानको अभियोग

उर्मिलाका अनुसार त्यतिबेला ती किशोरीले ‘हामी ८ वर्षपछि बिहे गर्छौ’ भनेकी थिइन् । तर, चार महिना नबित्दै उनले प्रेमी गु’माउनुपर्‍यो । उनले म्यासेज गरेर बोलाइन् । त्यसपछि नवराज आफ्ना १८ जना साथीसहित जेठ १० गते जाजरकोटको भेरी नगरपालिका–४, रानागाउँबाट प्रेमिकाको गाउँ रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८, सोती पुगेका थिए ।

फर्कने बेला सोतीका गाउँलेको बर्बर आ-क्रमणबाट नवराज र उनका पाँच जना साथीको ज्या’न ग’यो । १२ जना घाइ-ते भए । नवराजको श’व १० गते राति नै भेरी नदीमा भेटिएको थियो । १३ गते पीडि-त पक्षको किटानी जाहेरीका आधारमा प्रहरीले १२ जनालाई पक्रा-उ गर्‍यो । त्यसमध्ये एक थिइन्, नवराजकी प्रेमिका । त्यसयताका हरेक रात उनले पश्चिम रुकुम सदरमुकाम मुसिकोटस्थित प्रहरीको हिरा-सत कक्षमा बिताइरहेकी छन् । उनीमाथि कर्तव्य ज्यानको अभियोग छ ।

ती किशोरी भर्खर १७ वर्ष पुगिन् । प्रचलित कानुनले १८ वर्षभन्दा कम उमेरकालाई नाबालिग मानेको छ । तर, न प्रहरी प्रशासनबाट बालबालिकाको रूपमा उनीप्रति सं’वेदनशीलता अपनाइएको छ, न सामाजिक सञ्जालमै । फेसबुक, युट्युबमा उनको चरित्र ह त्या गरिएकै कैयौं पोस्ट र भिडियो छन् । जब कि उनी आफैं पनि यो घटनाको ‘पी;डित’ झैं देखिन्छिन् । प्रेम गरेकै कारण उनलाई अहिल्यै दो;षी करार गर्न मिल्छ ?

घटनाको भोलिपल्टैबाट फेसबुकमा ती किशोरीलाई अ-पराधको जडका रूपमा प्रतिविम्बित गर्न थालियो । ६ जनाको ह-त्या भएको घ-टना असाध्यै निन्दनीय छ, यसको कारण जाती-य अ-हंकार रहेकोमा सन्देह छैन तर पी-डितलाई न्याय दिलाउन प्रशासन र राज्यलाई प्रभावकारी दबा-ब दिनुको सट्टा एउटा तप्का ती किशोरीमाथि नै असहिष्णु शैलीमा प्रस्तुत भएको छ ।

उनको असली नाम मात्र लेखिएन, अनेक मनगढन्ते र अतिरञ्जित पोस्ट छरपस्ट पारियो । उनको नाम टाइप गर्दा आधा दर्जनभन्दा धेरै फेसबुक एकाउन्ट भेटिन्छ । ती पहिल्यैबाट थिए वा घट-नापछि खोलिएका ‘फेक’ हुन, त्यतातिर कसैको ध्यान छैन । बरु त्यही भिन्न एकाउन्टको ‘स्क्रिनसट’ राख्दै उनको चरित्रमाथि प्रश्न उठाइएको छ । कतिले नामै तोकेर ‘पैसाका लागि नवराजको पछि लागेको’ समेत भन्न भ्याएका छन् । उनको फोटोको कमेन्टमा अ-पशब्द र गा-लीको वर्षा छ ।

ती किशोरीमाथिको घृ-णा र अप-मान यत्तिमै सीमित छैन । उनले नवराजसँग गरेको भनिएका गो-प्य च्याट र फोन कुराकानीसमेत फेसबुक र युट्युबमा ‘भाइरल’ बनाइएको छ । उनको तस्बिरलाई तोडमोड गरेर अपलोड गरिएको छ । उनको बेइज्जत हुने ‘टिक–टक’ भिडियो छ्याप्छ्याप्ती भेटिन्छन् । तर, उनको यो अप-मानबारे महिला र बालअधिकार अधिकारकर्मीसमेत मौन देखिन्छन् । अभिनेत्री रेखा थापाले भने यसबारे आवाज उठाएकी छन् । ‘समाजविरुद्ध अन्तरजातीय प्रेम गर्ने साहस भएकी बालिकाको चरित्र ह-त्या गरेर न्याय हुन्छ त ? यसले जातिवादी सोचलाई झन् धेरै बालबालिकामा स्थापित गर्ने देखिन्छ,’ उनले फेसबुकमा लेखेकी छन्, ‘१७ वर्षीया किशोरीलाई मा-नसिक र सामाजिक उत्पी-डन किन ? दोषी भए कारबाही गरियोस् ।’

यो स्टाटस लेखेपछि रेखामाथि पनि सामाजिक सञ्जालमा हम-ला भयो । ‘अपरा-धी जोगाउन खोजेको,’ ‘पी-डितको पक्ष नलिएको’ जस्ता आरो-प लगाइयो । तैपनि रेखाले किशोरीमाथिको ‘सा-इबर बुलिङ’ बारे बोलिरहेकी छन् । ‘एउटी किशोरीको जीवन ब-र्बाद पारेर न्याय पाउने हो भने कुनै पनि छोरीले भोलि कसैलाई माया गर्ने छैनन्,’ रेखाले फेसबुकमा लेखेकी छन् ।

सामाजिक सञ्जालको प्रभावकै कारण हुनुपर्छ, जाजरकोट र रुकुम पश्चिममा भेटिएका अधिकांशले ‘उनले लभ गरेकै कारण ६ जनाको ह-त्या भएको’ प्रतिक्रिया दिए । जब कि प्रहरीको प्रारम्भिक अनुसन्धानमा उनको प्रत्यक्ष संलग्नता भेटिएको छैन । नेपाल मानवअधिकार आयोगकी आयुक्त मोहना अन्सारी ती किशोरीको संरक्षण गर्न राज्य चुकेको बताउँछिन् ।

अप-राध संहिता, २०७४ र बालबालिकासम्बन्धी ऐन, २०७५ मा १८ वर्षमुनिका बालबालिकालाई अनुसन्धानका क्रममा पनि वयस्कलाई झैं हि-रासत कक्षमा राख्न पाइन्न, बालसुधार गृहमा राख्नुपर्छ

‘उनीमाथि सोसल मिडियामा बु-लिङ भइरहेको छ । यस्ता असं-वेदनशील र चरित्रह-त्या गर्ने कन्टेन्ट हटाउन सरकारले युट्युब वा सम्बन्धित निकायलाई चिठी लेख्न सक्छ,’ अन्सारी भन्छिन्, ‘सामाजिक सञ्जाल अनुशासनमा राख्ने र अनाश्यक कन्टेन्ट हटाउने सरकारको जिम्मेवारी हो ।’

किशोरीको तस्बिर, नाम सार्वजनिक हुँदा भोलि समाजमा पुनस्थापित हुन गाह्रो हुने उनले बताइन् । ‘अदालतबाट निर्दोष सावित भयो भने फर्कने यही समाजमा हो । अहिले यसरी बेइज्जत हुँदा भोलि विवाह नहुन सक्छ । शिर उठाएर बाँच्न सक्ने स्थिति नबन्न सक्छ,’ उनी भन्छिन्, ‘किशोरीले तिर-स्कार, अप-मान र घृ-णा सहनुपर्छ, त्यतिबेला उनको साथमा राज्य हुन्न ।’

अधिवक्ता सुवास आचार्यका अनुसार ती किशोरी अनुसन्धानको क्रममा छिन्, अप-राधी करार भइसकेको होइन । उनी घटनाको कारण हुन्, कर्ता होइनन् । उनको इज्जत र प्रतिष्ठाको कानुनले संरक्षण गर्छ । ‘कसैको चरित्रह-त्या गर्ने कन्टेन्ट, प्रकाशन र प्रकाशन गर्न पाइन्न । छापाबाट आयो भने गाली बेइ-ज्जतीको कसुर हुन्छ । अनलाइनबाट आउछ भने साइबर क्रा-इम हुन्छ,’ अधिवक्ता आचार्यले भने । उनीमाथि भइरहेको चरित्रह-त्याको उनका वकिल वा आफन्तले उजुरी दिन सक्ने आचार्यले बताए । उनको आमा, बुबा र दाजु पनि प-क्राउ परेका छन् । आचार्य भन्छन्, ‘किशोरीले आफ्नो चरित्रह-त्या भएको महसुस गरिन् भने हि-रासतबाट छुटेपछि पनि मु-द्दा चलाउन पाइन्छ ।’

एकातिर सार्वजनिक गा-लीगलौज, अर्कातिर अनुसन्धानकै क्रममा उनीमाथि प्रहरीको व्यवहार पनि कानुनविपरीत छ । अप-राध संहिता, २०७४ र बालबालिकासम्बन्धी ऐन, २०७५ मा १८ वर्षमुनिका बालबालिकालाई अनुसन्धानका क्रममा पनि वयस्कलाई झैं हि-रासत कक्षमा राख्न पाइन्न, बालसुधार गृहमा राख्नुपर्छ । तर, रुकुम पश्चिम प्रहरीले नवराजकी प्रेमिकालाई हिरा-सत कक्षमै राखेको छ । ‘नाबालिगलाई बालसुधार गृहमा राख्नुपर्छ, प्रहरी हिरास-तमा राख्न मिल्दैन,’ अधिवक्ता आचार्य भन्छन्, ‘अनुसन्धान गर्नुपर्ने जिल्लामा बालसुधार गृह छैन भने अन्यत्र पठाउनुपर्छ ।’

रुकुम पश्चिमका प्रहरी प्रमुख डीएसपी ठगबहादुर केसी किशोरीलाई उनकी आमाको साथमा राखिएको बताउँछन् । ‘उनको विषयमा घटना घटेकाले सोधपुछका लागि निय-न्त्रणमा लिइएको हो,’ केसीले भने, ‘उनलाई आमासँगै राखिएको छ ।’ यही घटनामा अनुसन्धान गर्न रुकुम पश्चिम खटिएका एसएसपी पोषराज पोखरेलले पनि विकल्प नभएर आमा–छोरीलाई सँगै राखेको बताए ।

चरित्रह-त्या गर्नेलाई अहिल्यै पक्रा-उ गर्दा विषयान्तर गरेको आ-रोप लाग्न सक्छ । त्यसैले समय आउनासाथ हामी कारबाही सुरु गर्छौं । त्यस्ता कन्टेन्ट र प्रयोगकर्तामाथि हामीले निगरानी

‘यहाँ बालसुधार गृह छैन । त्यसैले महिला सेललाई नै सुधार गृह बनाएर किशोरीलाई आमासँगै राखिएको छ ।’ तर, यसो गर्दा बालअधिकार हनन भएको र किशोरीलाई मान-सिक त-नाव हुन सक्ने विज्ञ बताउँछन् । ‘आमा वा अन्य आफन्त, कोहीसँग पनि बालबालिकालाई हिरा-सतमा राख्न पाइन्न । राम्रो खान दिए पनि, मखमली बिछ्यौनामा सुताए पनि त्यो हिरा-सतले नै हो,’ अधिवक्ता आचार्यले भने ।

हिरासतमा आमासँगै राख्दा किशोरी ‘होस्टायल’ (मु-द्दामा ड-र वा लोभमा परी झू-टो कुरा गर्ने) हुन सक्ने मानवअधिकार आयोगकी आयुक्त अन्सारीले बताइन् । दबा-ब वा प्रभावमा किशोरीले यथार्थ कुरा लुका-उन वा तोडमोड गर्ने सम्भावना हुन्छ । भन्छिन्, ‘उनी घटनाको ठूलो प्रमाण हुन्, उनलाई होस्टाइल हुनुबाट जोगाउनु राज्यको दायित्व हो ।’ उनका अनुसार नेपाल प्रहरीको सम्बन्धित युनिटले हेडक्वार्टरसँग बच्चालाई हिरा-सतमा राख्न नसक्ने अडान राखेर बालसुधार गृहमा लैजानुपथ्र्यो ।

एकातिर प्रेम वियोग र अर्कातिर सार्वजनिक बेइज्जती भोगिरहेकी ती किशोरी यसरी बालसुधार गृहमा बस्न पाउने अधिकारबाट पनि वञ्चित छन हुन पुगेकी छन् । मु-द्दामा उनको बयान महत्त्वपूर्ण प्रमाणका रूपमा लिइनेछ, तर आमासँगै बसेका कारण उनी होस्टाइल हुने जोखिम पनि उत्तिकै बढेको छ ।

‘किशोरीलाई प-क्राउ गरेको २४ घण्टाभित्र बयान लिएर बालसुधार गृहमा लैजानुपथ्र्यो । हि-रासत कक्षमा त प्रहरीले नै ग-लत नजरले हेर्न सक्छन्,’ अन्सारीले चिन्ता व्य-क्त गरिन् । तर, उनीसँग बयान पनि ढिला लिइयो । १३ गते पक्रा-उ परेकी किशोरीको २५ र २६ गते बयान लिइएको थियो । अपरा-ध संहिताको दफा ४५ तथा बालबालिकासम्बन्धी ऐनको दफा ३६ बमोजिम १६ वर्ष वा सोभन्दा माथि र १८ वर्ष वा सोभन्दा कम बालबालिकाको हकमा उमेर पुगेको कसुरदारलाई हुने स-जायको दुई तिहाइ सजाय मात्र हुन्छ । त्यस्तै, अप-राध संहितामा १८ वर्षभन्दा कम उमेरका बालिकाको मञ्जुरी लिएर यौ-नस-म्पर्क भए पनि त्यो ज-बर्जस्ती कर-णी हुने उल्लेख छ ।

सामाजिक सञ्जालमा किशोरीको स्वास्थ्यलाई लिएर अनेक टीकाटिप्पणी र दाबी भइरहेका छन् । त्यसमा पनि उनको गोप-नीयताको हनन भएको छ । डीएसपी केसी भन्छन्, ‘बाहिर अफ-वाह चलेअनुसार किशोरीको स्वास्थ्यमा कुनै सम-स्या छैन । उनी स्वस्थ छिन् ।’ केसीले किशोरीमाथि भइरहेको गा-लीबेइज्जतीको प्रहरीले सूक्ष्म अनुसन्धान गरिरहेको र यो घट-ना अदालती प्रक्रियामा पुगेपछि त्यसउपर छानबिन गर्ने बताए । ‘किशोरीको चरित्रह-त्या गर्नेलाई अहिल्यै पक्रा-उ गर्दा विषयान्तर गरेको आ-रोप लाग्न सक्छ । त्यसैले समय आउनासाथ हामी कारबाही सुरु गर्छौं । त्यस्ता कन्टेन्ट र प्रयोगकर्तामाथि हामीले निगरानी गरिरहेका छौं,’ केसीले भने ।

गोकर्ण गौतमले लेखेको यो बिषेस रिपोर्ट हामीले कान्तिपुर दैनिकबाट लिएका हाैँ

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!