हिपमत डटकम
काठमाडौं ,पौष १७
प्रहरी प्रधान कार्यालयले १२ घण्टाभित्र चितवन जिल्ला छोड्न अल्टिमेटम दिएपछि जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक (एसपी) दानबहादुर मल्ल तनावमा परेका छन् ।
उनले सरुवाको रमाना नबुझेपछि हिजो (बुधबार) प्रहरी प्रधान कार्यालयले यस्तो ताकेता गरेको हो ।
३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रहरी उपरिक्षक अरुण पौडेलले अल्टिमेटम सूचना जारी गर्दै रमाना लिन उनलाई आदेश दिएको छ ।
चितवनमा प्रहरी प्रधान कार्यालयले एसपी गंगा पन्तलाई पठाएको थियो । उनीसहितका केही जिल्ला इन्चार्जको १० महिनामा नै सरुवा भएको थियो । यसरी अवधी नै नपुगी सरुवा गरेको भन्दै एसपी मल्लले असन्तुष्टि पोखेका थिए