तनहुँ जिल्लाका तीन जना कोरोना सङ्क्रमितको उपचार भइरहेको जिपी कोइराला राष्ट्रिय स्वासप्रस्वास उपचार केन्द्रको आज गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले निरीक्षण गर्नुभएको छ । उपचारमा खटिएका स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउन र उपचार केन्द्रको वस्तुस्थिति बुझ्ने उद्देश्यले मुख्यमन्त्री गुरुङले उपचार केन्द्रको निरीक्षण गर्नुभएको हो । सो अवसरमा मुख्यमन्त्री गुरुङले स्वास्थ्य संस्थाको दिगो विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउँदै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम त्यस विषय समेटिएको बताउनुभयो । मुख्यमन्त्री गुरुङले कोरोना सङ्क्रमितको उपचारमा ध्यान दिनेसमेत आग्रह गर्नुभयो । केन्द्रका निमित्त कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठले सङ्क्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको बताउनुभयो । स्थानीयस्तरबाट सञ्चालित सेतीगङ्गा सामुदायिक अस्पतालको स्वामित्व गत वर्षको साउनबाट गिरिजाप्रसाद कोइराला राष्ट्रिय स्वासप्रस्वास उपचार केन्द्रमा हस्तान्तरण गरिएपछि सोही अस्पतालको भवनबाट उपचार केन्द्रको प्रशासनिक काम र स्वास्थ्य उपचारको सेवा सञ्चालन भइरहेको छ । अस्पतालमा तनहँुको शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका, म्याग्दे गाउँपालिका, रिसिङ गाउँपालिकासहित स्याङ्जा, पाल्पाका केही गाउँपालिकाका जनता पनि सेवा लिन आउँछन् । दक्षिण एशियाकै उत्कृष्ट स्वासप्रस्वास उपचार केन्द्रको रुपमा स्थापना गर्न सरकारले नै केही वर्ष अघि पूर्वप्रधानमन्त्री स्व गिरिजाप्रसाद कोइरालाको नाममा राष्ट्रियस्तरको स्वासप्रस्वास उपचार केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!