बुधबार, जेठ २८, २०७७ || 717  पटक पढिएको

विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रको धार्मिक, सांस्कृतिक, पुरातात्विक महत्वका विषयमा अनुसन्धानमूलक सामग्री सार्वजनिक गर्ने उद्देश्यले ‘पाशुपत दर्पण’ नामक द्वैमासिक प्रकाशन शुरु भएको छ । विश्वभर फैलिएका वैदिक सनातन हिन्दू धर्मावलम्बीमाझ यहाँको महत्व बुझाउन पशुपति क्षेत्र विकास कोषले यसै वर्षदेखि ‘पाशुपत दर्पण’ प्रकाशन गर्न थालेको हो । पशुपतिलाई विश्वस्तरकै आकर्षक केन्द्रका रुपमा विकास गर्ने उद्देश्यले खोजमूलक प्रकाशन शुरु गरेको कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाले राससलाई जानकारी दिनुभयो । ‘पाशुपत दर्पण’ को पहिलो अङ्कमा जगद्गुरु बालसन्त मोहनशरण देवाचार्यको ‘नेपालमै द्वादश ज्योतिर्लिङ्ग’, प्रा डा सोमप्रसाद खतिवडाको ‘पाशुपतको प्रतिबिम्वका रुपमा पशुपति’, प्राज्ञ जगमान गुरुङको ‘राष्ट्र, राष्ट्रियता र पशुपति’, प्रा डा वीणा पौडेलको ‘भगवान् शिवको मूर्त स्वरुप उमा महेश्वर’, डा रुद्रप्रसाद मिश्र ‘ध्रुवश्री’ को ‘पाशुपत क्षेत्रमा सन्त आश्रमको अवस्था र आवश्यकता’, कोषका सदस्य सचिव डा प्रदीप ढकालको ‘आराध्य देव पशुपति’, कोषका कोषाध्यक्ष थापाको ‘मन्त्र साधना र सिद्धान्त’ लगायत शीर्षकका खोजमूलक लेख समावेश छन् । कोषले यसअघि साठीको दशकमा ‘पशुपति क्षेत्र’ नामक द्वैमासिक प्रकाशन आरम्भ गरे पनि नियमित हुन सकेको थिएन । यसपटक भने नियमित रुपमा पशुपति क्षेत्रका विषयमा अन्वेषण गरी सामग्री जनसमक्ष प्रस्तुत गरिने जनाइएको छ । कोषले आगामी असार मसान्तसम्म ‘पशुपति क्षेत्रको सांस्कृतिक सम्पदा ः मूर्त अमूर्त’ नामक करिब ७०० पृष्ठको अनुसन्धानमूलक पुस्तकसमेत प्रकाशन गर्ने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । पशुपति क्षेत्रका विषयमा कोषले नै प्रकाशन गर्न लागेको यो नै सबैभन्दा ठूलो र आधिकारिक पुस्तक हुने कोषले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!