बिहिबार, पौष १७, २०७६ || 772  पटक पढिएको

हिपमत डटकम
इनरुवा ,पौष १७

पत्रकार याम प्रधानको निधन भएको छ । मिर्गौला रोगबाट पीडित प्रधानको ५२ वर्षको उमेरमा आफ्नै निवास इटहरीमा निधन भएको हो ।

पत्रकार प्रधान राष्ट्रिय समाचार समिति इटहरीका समाचारदाता हुन् । उनी सुनसरीका पुराना पत्रकारका रुपमा पनि परिचित छन् । उनी प्रेस स्वतन्त्रता सेनानी पनि हुन् ।

उनलाई सुनसरीमा पत्रकारिताका गुरुसमेत मानिन्थ्यो । प्रधान नेपाल पत्रकार महासंघ सुनसरीका पूर्वसभापतिसमेत हुन् । उनको निधनले नेपाली पत्रकारिता इतिहासमा अपूरणीय क्षति भएको नेपाल पत्रकार महासंघ सुनसरीले जनाएको छ ।

लामो समयदेखि मृगौला रोगबाट पीडित उनी घरमै उपचार गराइरहेका थिए । प्रेस युनियनमा समेत उनको आबद्धता थियो । उनको निधनप्रति नेपाल पत्रकार महासङ्घ, प्रेस युनियन, प्रेस सङ्गठनलगायतले दुःख प्रकट गर्दै हार्दिक श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।

उनको आज बिहान ९ बजे गङ्गा जमुना मुक्ति घाटमा दाहसंस्कार गरिने पत्रकारमहासंघ सुनसरीले जानाएको छ । उनका एक छोरी र श्रीमती छन् ।

adv-2

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!