बुधबार, जेठ २८, २०७७ || 998  पटक पढिएको

नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले हालसालै एक टेलिभिजन अन्तर्वार्तामा संघीय सांसद सरिता गिरीले आफ्नो पदीय मर्यादाविपरीत नेपालका भूमिहरु लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई नेपालको होइनन् भनि दिएको अभिव्यक्तिप्रति गम्भीर ध्यान आकर्षण भएको जनाएको छ । नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले बुधबार एक विज्ञप्ति जारी गर्दै गिरीको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै उनलाई हदैसम्मको कारवाही गर्न माग गरेका छन् ।

‘अतिक्रमित भूमि नेपालको नक्सामा समावेश गरी निशान छाप सच्याउनका लागि आवश्यक संविधान संशोधन गर्नुपर्ने भएको हुनाले त्यसका लागि नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यसमितिको बैठकले संविधान संशोधनको पक्षमा मतदान गर्ने संस्थागत निर्णय गरेको र संविधान संशोधन प्रक्रिया चलिरहेको अवस्थामा निज सांसदले उक्त भूमि नेपालको नभएको भनी सार्वजनिक रुपमा टेलिभिजनमार्फत अन्तर्वार्ता दिनु मुलुकको स्वतन्त्रता, राष्ट्रिय अखण्डता, स्वाभिमान, राष्ट्रिय एकता विरुद्धको अभिव्यक्ति भएको नेपाल तरुण दलको ठहर छ’, विज्ञप्तिमा भनिएको छ ।

तरुण दलले इतिहासदेखि पुर्खाहरुले बचाएको एक इन्च भूमि पनि अतिक्रमण भएमा कोही नेपालीलाई मान्य नहुने जानकारी दिँदै राष्ट्रियताको सवालमा नेपाल तरुण दलले कसैसँग पनि सम्झौता नगर्ने स्पष्ट पारेको छ । तरुण दलले गिरीको विवादास्पद् अभिव्यक्ति सच्याउन पनि जोड्दार माग गरेको छ ।
राष्ट्रियताको विषयमा तीन करोड नेपाली जनतालाई चोट पर्ने गरी बोलेकोमा संसद पदबाट निलम्बन गर्नेदेखि हदैसम्मको कारबाही गर्ने प्रक्रिया थाल्नुको सट्टा सरकार मौन बस्नु नेपाल तरुण दललाई सह्य नहुने जनाएको छ । तरुण दलले राष्ट्रघाती सांसदलाई तत्काल पदमुक्त गरी त्यस्ता अराष्ट्रिय तत्वलाई कारबाहीको जोड्दार माग पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!