कोरोना भाइरसको संकटका कारण नेपाल फर्कन चाहनेहरू विभिन्न मुलुकबाट कुल ५० हजार ९३ जनाले निवेदन दिएका छन् । जसमध्ये प्राथमिकताका आधारमा परराष्ट्र मन्त्रालयले २४ हजार १ सय ४८ जनालाई मात्र फर्कन पाउने सिफारिस गरेको छ । भिसा अवधि समाप्त भएका, श्रम करार सकिएको, तालिम तथा भ्रमणमा गएका, काजकिरियामा आउनुपर्ने, बिरामी तथा वृद्धवृद्धा तथा अशक्त रहेका र आममाफी पाएर फर्कन खोजेकालाई पहिलो प्राथमिकतामा राखेर मन्त्रालयले फर्काउन लागेको हो । सोही क्रममा आज कुवेतबाट तीन सय जना नेपाली नेपाल फर्कँदैछन् । सबैभन्दा बढी युएईबाट १७ हजारले फर्कन निवेदन दिएका छन् । तर सरकारले ४ सय १० लाई फर्कन सिफारिस गरेको छ । कुवेतबाट ७ हजार ९ सय भन्दा बढीले फर्कन निवेदन दिएपनि करिव तीन हजारले फर्कने स्वीकृति पाएका छन् । साउदी अरबको रियादबाट छ हजारमध्ये करिब दुई हजार फर्कन सिफारिस भएका छन् । विभिन्न मुलुकबाट पहिलो चरणमा ३१ वटा जहाजको फ्लाइटले विदेशमा अलपत्र नेपाली फर्काउने तयारी छ । जस अनुसार युएइ, मलेसिया, कुवेत, साउदीको रियाद, कतार, अमेरिका र बेलायतबाट दुई/दुई वटा उडान हुनेछ । अन्य देशबाट एक/एक फ्लाइट हुनेछ । पहिलो चरणमा पाँचदेखि सात वटा जहाज उडानबाट आउने नेपालीको सहज व्यवस्थापन गरिने जनाइएको छ । त्यसपछि दोस्रो चरणमा परराष्ट्र मन्त्रालय र विदेशस्थित कूटनीतिक नियोगको समन्वय र प्राथमिकतामा उडान हुने बताइएको छ । अन्य उडान भने परराष्ट्र र नागरिक उड्डयनको समन्वयमा उडान तय हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!