बुधबार, जेठ २८, २०७७ || 453  पटक पढिएको

पेट्रोलियम पदार्थको ढुवानीमा हुने चोरी, चुहावट र मिसावट नियन्त्रण गर्न नेपाल आयल निगम इन्टरप्राइज रिसोर्स प्लानिङ (ईआरपी) प्रणालीमा जाने भएको छ ।

ईआरपीअन्तर्गत बिजनेस प्रोसेस म्यानजमेन्ट सफ्टवेयर जडान गरी ट्याङ्करलाई ई–लकिङ र जीपीएस प्रणालीमा लगिने भएको छ । जसअन्तर्गत निगमको सम्पूर्ण काम कारबाहीलाई डिजिटल प्रविधिमार्फत कम्युटरकृत गरिनेछ । निगमको देशभरका कार्यालयको दैनिक अनुगमन पनि ईआरपीमार्फत हुनेछ ।

ईआरपी प्रणालीले संस्थालाई पूण रूपले डिजिटलाइज गर्ने निगमले जनाएको छ । निगम पूर्ण रूपमा कम्युटरकृत हुनेछ । निगमका प्रवक्ता विनितमणि उपाध्याय भने, “ईआरपी सिस्टम अति जरुरी छ, वार्षिक दुई खर्बको कारोबार गर्ने निगम सबै हिसाबले चुस्त र सुरक्षित हुन जरुरी हुन्छ, यसले डाटा र सूचना सुरक्षित हुन्छ, काम छिटो हुन्छ, एकैैपटक धेरै ठाउँमा काम हुन्छ ।

बैङ्किङ प्रणाली यसैमा जोडिन्छ, ढुवानीमा ट्याङ्कर अपहरण हुनेजस्ता क्रियाकलाप रोकिन्छन्, एकै ठाउँबाट सबैतिर अनुगमन हुनेछ । ”
ईआरपी प्रणालीले निगमको सबै व्यवस्थापन कम्युटरकृत गर्नेछ । आगामी तीन वर्षभित्र सफ्टवेयर जडान गरी कार्यान्वयन गर्न निगमले बोलपत्र आह्वान गरिसकेको छ ।

उपाध्यायका अनुसार पहिलो वर्षमा सफ्टवेयर जडान गरिसक्ने, दोस्रो वर्ष कार्यान्वयन अभ्यास गर्ने र तेस्रो वर्ष पूर्ण कार्यान्वयनमा लगिनेछ । जसका लागि निगमले २८ करोड रुपियाँको छुट्याएको छ । (गोरखापत्रबाट)

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!