गएराति रुपन्देहीको तिलोत्तमा–१० मैनहियामा भएको पाँच जनाको सामूहिक हत्याको घटनाका आरोपित झपेन्द्र सिंजालीले मदिरा खुवाएर हत्या गरेको खुलेको छ ।
३२ वर्षीय उनले उक्त हत्या आफूले गरेको बयान प्रहरीलाई दिएका छन् ।

कोदालो प्रहारबाट गंगादेवी पशु फार्ममा कार्यरत स्थानीय माधव मुसहर (४०), उनकी श्रीमती जानकी मुसहर (३७), कोषराज मुसहर र बाहिरबाट आएर राति सँगै बसेका स्थानीय किशोर करन चौधरी र आशिष चौधरीको हत्या भएको थियो ।

सधैँ राति ३ बजे फार्मको काम गर्न उठाउने गरेको र त्यही झोँकमा उनीहरुको हत्या गरेको सिंजालीले प्रहरीसमक्ष बयान दिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

‘सिंजालीले मृतकहरुलाई हत्या गर्ने योजनाअनुसार टन्न रक्सी खुवाएर सुत्न पठाएको रहेछन्,’ रुपन्देहीका एक प्रहरी अधिकारीले रातोपाटीसँग भने, ‘दिनहुँ काममा दलाउने गरेको भन्दै रक्सीको नसामा हत्या गरेको हुनसक्छ ।’

मृतक करन र आशिषबाहेक ३ जना गंगादेवी पशु फर्मका कर्मचारी हुन् भने उनीहरुलाई त्यहाँको सम्पूर्ण कामको रेखदेख गर्ने जिम्मेवारी दिइएको थियो ।

यसैबीच प्रदेश प्रहरी कार्यालयका एसएसपी राजकुमार बैदवारको नेतृत्वको अनुसन्धान टोलीले सो फर्मका सञ्चालक कृष्ण पुन, मृतकका आफन्तसँग समेत सोधपुछ गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!