मंगलबार, जेठ २७, २०७७ || 792  पटक पढिएको

भारतीय काँग्रेसका एक नेताले भारतीय संसदको बैठक बोलाउन प्रधानमन्त्री नरेन्द्र मोदीसमक्ष माग गर्नुभएको छ ।भारतीय काँग्रेसका नेता दिगविजय सिंहले सो माग गर्नुभएको हो । उहाँले प्रधानमन्त्री मोदीले जतिसक्दो चाँडो बैठक बोलाउन माग गर्नुभएको हो । उहाँले भारतीय भूमिमा पछिल्लो चिनियाँ सेना प्रवेश गरेको भन्दै त्यस विषयमा आवश्यक छलफल गर्नका लागि पनि प्रधानमन्त्री मोदीले भारतको संसद बैठक बोलाउनुपर्ने माग गर्नुभएको हो ।

नेता सिंहले यस विषयमा भारतीय रक्षामन्त्री राजनाथ सिंहले केही नबताएको भन्दै यस विषयमा संसदमा छलफल गर्नु आवश्यक रहेकोले संसदको बैठक बोलाउनुपर्ने बताउनुभयो । चीन र भारतको सीमा क्षेत्र लदाखमा चिनियाँ सेनाको घुसपैठ भएको आरोप लगाउँदै यस विषयमा भारतीय संसदमा आवश्यक छलफल गर्नुपर्ने माग काँग्रेस नेताले गर्नुभएको हो । मंगलबार आफ्नो ट्वीट अकाउन्टमा उहाँले सो माग राख्नुभएको बताइएको छ ।

उक्त क्षेत्रमा चिनियाँ सेना प्रवेश गरेको आरोप भारतले लगाएको छ भने चीनले यस आरोपको खण्डन गर्दै आएको छ । उक्त क्षेत्रमा सेनाको उपस्थितिका विषयलाई लिएर भारत र चीनबीच केही समययता देखि विवाद पनि हुदै आएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!