पछिल्लो समय सामाजिक संजालमा भाईरलको ट्रेन्ड चलेको छ । भाईरल हुँदै गर्दा धेरै आलोचनाको सिकार भएका छन भने कोहि तारिफ र वाहवाही पाउदै सेलिब्रेटिको दर्जा पाउन सफल छन् । यस्तै नेपालिको मन मुटुमा बस्न सफल पुर्व युवराज्ञी हिमानी शाह पनि यतिबेला सामाजिक संजालमा भाईरल भएकी छन् । उनले सबैको माया त पाईरहेकी नै थिइन् । टिकटकमा एकसाथ ३ भिडियो भाईरल हुदा उनी प्रती धेरैको मन आकर्षित भएको हो ।

समाजिक संजालमा यस्तो गतिविधि सहित पहिलो उपस्थिति रहेकोले सबैको लागि विशेष र चाखलाग्दो बिषय बन्न पुग्यो । यतिबेला सो भाईरल भिडियोलाई उनका पति पारश शाहले पनि आफ्नो आधिकारिक फेसबुकमा अप्लोड गरेका छन् । उनले सो भिडियोमाथी लभको सिग्नल राख्दै परिवार भनेर आफ्नो फेसबुकमा राखेका हुन् । पारसले भिडियोलाई आफ्नो फेसबुक स्टोरिमा पनि राखेका छन । भिडियो पोस्ट गरेपछि ३ हजार बढी लाई आइसकेको छ भने झन्डै ४ सयको हाराहारीमा सकारात्मक कमेन्ट आएको छ । पारस र हिमानीको सम्बन्ध बिग्रीएको भनिएपनि पारसले आफ्नो परिवारप्रती सामाजिक संजालमा यसरी माया दर्साएका हुन् ।

हिमानी नाच्दै गरेको उक्त भिडियो उनकी छोरिहरु पुर्णिका शाह र कृतिका शाहको अफिसियल टिकटक एकाउन्टमा अप्लोड गरिएको थियो । अप्लोडको केही घन्टा बित्न नपाउदै भिडियोहरु एकाएक सामाजिक संजालमा भाईरल हुन थालेको थियो । हाल यो समाचार तयार गर्दै गर्दा सोही भिडियोको कारण पुर्णिकालाई पछ्याउनेको संख्या ५० हजार माथी छ ।

जबकी उक्त भिडियो अप्लोड गर्नुअघि उनलाई फलो गर्नेको संख्या ८/९ हजारको हाराहारीमा थियो । त्यस्तै कृतिकाको पनि टिकटक एकाउन्टमा फलो गर्नेको संख्या व्हात्तै बढेको छ । भिडियो अप्लोड अघि ६/७ हजारको हाराहारीमा फलोवर्सहरु रहेकोमा भिडियो भाईरल हुँदै गर्दा अहिले २० हजार माथिले कृतिकालाई पछ्याएका छन् । उता ‘गुरासको फेदमुनी’गीतमा छोरिहरु संग नाचेको भिडियोलाई २ लाख ५७ हजार बढिले हेरे भने २९ हजार लाईक, १२ सय माथी सकारात्मक प्रतिक्रिया र झन्डै २४ सयले शेयर गरेका छन् ।

त्यस्तै डिस्को म्युजिकमा छोरिहरु संग कम्मर मर्काएको भिडियोमा १ लाख १० हजार माथी भ्युज आएको छ भने झन्डै १० हजार लाईक, ३ सयको हाराहारीमा प्रतिक्रिया र ११ सय माथिले शेयर गरेका छन् । यता यी २ भिडियो भाईरल भएपछि कृतिकाको एकाउन्टमा अप्लोड गरिएको हिमानिको अर्को भिडियो पनि भाईरल भयो । जस्मा छोरी कृतिका संग ‘यो मन त मेरो नेपाली हो’ मा नाचेकी छन । अहिले सो भिडियोलाई १ लाख १० हजारको हाराहारीमा भ्युज आएको छ भने १० हजार नजिक लाईक, ३ सय माथी प्रतिक्रिया र ६ सयमाथी शेयर भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!