शिक्षा विकास तथा समन्वय एकाइको समन्वय तथा नेपाल गाजा डेभलपमेन्ट फाउण्डेशको सहकार्यमा रुम टु रिड तनहुँले ‘रेडियो स्कूल कक्षा कार्यक्रम’ शुरु गरेको छ ।

कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरिएको बन्दाबन्दीका कारण विद्यालय बन्द भएपछि पठनपाठनमा सहयोग पु¥याउने उद्देश्यले तनहुँमा ‘रेडियो स्कूल कक्षा कार्यक्रम’ शुरु गरिएको हो ।

वैकल्पिक विधिको प्रयोगबाट बालबालिकाको पठनपाठनलाई सहयोग पु¥याउन सदरमुकाम दमौलीस्थित मादीसेती एफएमबाट कार्यक्रम सञ्चालन गरिएको रुम टु रिडका कार्यक्रम अधिकृत लालबहादुर खड्काले जानकारी दिनुभयो । कोरोना कहरको विषम परिस्थितिलाई मध्यनजर गर्दै बालबालिकाको पढाइबाट ध्यान नहटोस् र उनीहरुलाई विभिन्न विषयको रचनात्मक ढङ्गले ज्ञान प्रदान गर्न कार्यक्रम फलदायी हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

विद्यालय जान नपाएको अवस्थामा उक्त कार्यक्रममार्फत बालबालिकालाई घरमै रहँदा मनोरन्जनात्मक क्रियाकलापमा सहभागी गराउने, प्रतिभा प्रस्फुटन गर्ने अवसर दिने, सन्दर्भ पुस्तकहरुको अध्ययनका लागि प्रोत्साहित गर्ने र विभिन्न विषयको व्यावहारिक ज्ञान प्रदान गरिनेछ । यो कार्यक्रमअन्तर्गत रोचक जानकारी, बाल कविता, कथा, सन्देशमूलक नाटक, कक्षा १ र २ का बालबालिकाका लागि शब्द निर्माण प्रतियोगिता, जीवन उपयोगी शिक्षाले किशोरीमा आएका सकारात्मक अनुभव, बन्दाबन्दीको अवस्थामा बालिका कसरी सुरक्षित रहन सक्छन् भन्नेजस्ता विषय समावेश गरिएको छ ।

विभिन्न विज्ञहरुको सुझाव र अन्तर्वार्ता पनि प्रसारण हुँदै आएको सो कार्यक्रम प्रत्येक दिन बेलुका ५ देखि साढे ५ बजेसम्म प्रसारण गरिएको मादीसेती एफएमका स्टेशन म्यानेजर ओमकार आचार्यले जानकारी दिनुभयो । आचार्यका अनुसार रेडियो स्कूलमार्फत बालबालिका एवं विद्यार्थीले बन्दाबन्दी समयको अधिकतम सदुपयोग गरिरहेका छन् ।

कार्यक्रममार्फत विद्यार्थीमा सकारात्मक सूचना तथा जानकारी सम्प्रेषण भई राम्रोे प्रभाव पारेकाले अन्य रेडियोको सहयोगमा कार्यक्रम विस्तार गर्ने योजना रहेको बालिका शिक्षा कार्यक्रमका सहायक मञ्जु लोहनीले जानकारी दिनुभयो । रेडियो स्कूल कक्षा कार्यक्रममार्फत मुख्यगरी बालविवाह, यसका बेफाइदा, कोभिड–१९ र बाल मनोविज्ञानमा यसले पारेको असर, महिनावारी, लैङ्गिक भूमिका र प्राचीन धारणाजस्ता विषयलाई नाटक, संवाद, कविता, गीत अन्तर्वार्ताजस्ता माध्यमबाट प्रस्तुत गरिएको छ ।

प्राथमिक तहका बालबालिकालाई लक्षित गरी रुम टु रिडले तनहुँका १०३ सामुदायिक विद्यालयमा साक्षरता कार्यक्रम तथा कक्षा ६ र ७ मा अध्ययनरत १२ विद्यालयका बालिकालाई लक्षित गरी बालिका शिक्षा कार्यक्रम सञ्चालन गर्दे आइरहेको छ ।

भिटिएम खरिद गर्दै स्थानीय तह

तनहुँको व्यास नगरपालिकाले भिटिएम खरिद गर्ने भएको छ । क्वारेन्टिनमा रहेकाहरुको कोरोना भाइरस परीक्षणका लागि भिटिएम अभाव भएपछि नगरपालिकाले आफ्नै खर्चमा भिटिएम खरिद प्रक्रिया अगाडी बढाएको हो ।

भारतबाट जिल्ला फर्किने क्रम बढेर क्वारेन्टिन भरिन लागेपछि स्वाब सङ्कलनका लागि किट अभाव भएकाले नगरपालिकाले आफैले किट किन्न लागेको नगरपालिकाका स्वास्थ्य प्रमुख प्रमोद सोतीले जानकारी दिनुभयो । उहाँका अनुसार दुई सय थान भिटिएम एक÷दुई दिनभित्रमा नै आइपुग्ने र भिटिएम आएपछि क्वारेन्टिनमा बसेकाहरुको स्वाब सङ्कलनलाई तीव्रता दिइनेछ ।

“भिटिएम खरिदका लागि सबै तयारी भइसकेको छ, एक दुई दिनभित्रै भिटिएम आइपुग्छ,” उहाँले भन्नुभयो, “आरडिटी भरपर्दो नभएकाले पिसीआर प्रविधिलाई नै प्राथमिकता दिएर स्वाब सङ्कलन गरिरहेका छौ ।” व्यास नगरपालिका–१ स्थित आदिकवि भानुभक्त क्याम्पसको क्वारेन्टिनमा बसेका एक जना पुरुषमा कोरोना पुष्टी भएपछि उनीसँगै बसेका अन्य १५ जनाको पुनः स्वाब सङ्कलन गरेर परीक्षणका लागि पोखरा पठाइएको छ । यसअगाडी ५४ जनाको स्वाब परीक्षण गर्दा एक जनामा कोरोना पुष्टी भएको थियो ।

आदिकविको क्वारेन्टिनमा रहेका ४६ जनाको कोरोना परीक्षण गर्न बाँकी छ । भिटिएम आउनेबित्तिकै उनीहरुको पनि स्वाब सङ्कलन गरिने सोतीले जानकारी दिनुभयो । नगरपालिकाभित्र निर्माण गरिएको क्वारेन्टिनमा बसेका सबैको एक हप्ताभित्र स्वाब सङ्कलन गर्ने तयारी छ । “पिसीआर परीक्षण गरेर रिपोर्ट नेगेटिभ आएपछि सबैलाई घर पठाउने तयारी छ”, उहाँले भन्नुभयो, “दैलेखमा भएको घटना दोहोरिन नदिन नगरपालिका गम्भीर छ ।”

यस्तै क्वारेन्टिनमा राखिएका नागरिकको कोरोना परीक्षणका लागि म्याग्दे गाउँपालिकाले पनि भिटिएम खरिद गर्ने भएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले पहिलो चरणमा ३० थान भिटिएम किट खरिद गर्न लागिएको जानकारी दिनुभयो । गाउँपालिकाको क्वारेन्टिनमा अहिले ७० जनालाई राखिएको भएपनि १४ दिन पुग्ने क्रममा ३० जना रहेको हुँदा उनीहरुलाई परीक्षणका लागि पहिलो चरणमा ३० थान पिसीआर किट खरिद गर्ने प्रक्रिया शुरु भइसकेको उहाँले जानकारी दिनुभयो । प्रक्रिया पूरा गरेर किट खरिद गरि १४ दिन क्वारिन्टाइन बसाइँ पूरा भएकालाई क्रमशः परीक्षणका लागि पठाईने नागिलाले जानकारी दिनुभयो ।

गाउँपालिकाले विदेशबाट आउने नागरिकलाई सम्बन्धित वडाकै क्वारेन्टिनमा बस्ने व्यवस्था मिलाएको छ । प्रहासकीय अधिकृत नागिलाका अनुसार क्वारेन्टिनमा बस्ने सबैलाई प्रतिदिन रु तीन सय ६५ का दरले खाना र खाजाको व्यवस्था गरिएको छ ।

भानु नगरपालिकाले एक सय थान भिटिएम खरिद गरेर ल्याइसकेको छ । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराईले क्वारेन्टिनमा सङ्ख्या वृद्धि हुने क्रम बढ्ने तथा कोरोना परीक्षणका लागि किट अभाव हुने अवस्था आएपछि नगरपालिका आफैले भिटिएम खरिद गरेर ल्याएको जानकारी दिनुभयो । “अहिलेको अवस्थामा प्रदेश र सङ्घ सरकारको मात्रै मुख ताक्नुभन्दा पनि स्थानीय सरकार आफै क्रियाशील भएर किट खरिद गरेका हौ,” उहाँले भन्नुभयो, “किट आएसँगै क्वारेन्टिनमा बसेकाका स्वाब सङ्कलनलाई तीव्रता दिन सहज हुन्छ ।”

भिटिएम खरिद गरेर ल्याउने बित्तिकै नगरपालिकाले भानु नगरपालिका–२ स्थित शारदा कलेजको क्वारेन्टिनमा बसेका २३ जनाको आइतबार स्वाब सङ्कलन गरी परीक्षणका लागि पोखरा पठाएको छ । जिल्लाको शुक्लागण्डकी नगरपालिकाले पनि भिटिएम खरिद गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!