मंगलबार, जेठ २७, २०७७ || 1045  पटक पढिएको

 

रुपन्देहीको तिलोत्तमा १० मैनहियामा एक व्यक्तिले कोदालो प्रहार गरेर ५ जनाको हत्या गरेका छन् । गंगादेवी पशु फार्मका एक कामदारले त्यहाँ कार्यरत ५ जनालाई गएराति प्रहार गरेका हुन् । मृत्यु हुनेमा ४ पुरुष र एक महिला छन् ।

मृत्यु हुने २ जना श्रीमान्-श्रीमती हुन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी हेमकुमार थापाका अनुसार मृतकको सनाखत गरिएको छ ।

हत्या गरिएकाहरुमा माधव मुसहर, जानकी मुसहर, कोषराज मुसहर, करन चौधरी र आशिष चौधरी रहेका छन् । थापाका अनुसार सबैको घाँटीमा चोट छ । उनीहरु सबैलाई एकैठाउँमा राखेर हत्या गरिएको हुनसक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको एसपी थापाले बताए ।

प्रहरीले हत्याको आशंकामा सुर्खेतका करिव ३२ वर्षीय युवक झपेन्द्र सिंह सिंजालीलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!