खबर ठुलो छ

यातायात व्यवस्था विभागले कोरोनाको बन्दाबन्दीमा सार्वजनिक सवारी सञ्चालनको तयारी थालेको छ । बन्दाबन्दी बिस्तारै खुकुलो बनाउने तयारीसँगै यातायात व्यवस्था विभागले सार्वजनिक सवारी सञ्चालनका लागि निर्देशिका तर्जुमाको तयारी थालेको हो । नयाँ निर्देशिका कोरोनाबाट सुरक्षित रहेर सार्वजनिक सवारी सञ्चालन गर्नका लागि निर्माण गरिएको विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिए । निर्देशिकामा छलफल भइरहेको उनले जानकारी दिए ।

महानिर्देशक हमालले भने, “कोरोनाबाट सुरक्षित रहेर सार्वजनिक सवारी सञ्चालन गर्ने सवालमा प्राविधिक मापदण्ड बनाएको हो, यसमा सरोकारवालासँग छलफल भइरहेको छ ।” उनले अहिलेको अवस्थामा कोरोनाबाट सुरक्षित रहेर सार्वजनिक यातायात सञ्चालन गर्ने कुरा नै प्रमुख रहेको तर सरकारबाट सार्वजनिक सवारी खुला गर्ने कुरा नआउँदा पनि आफ्नो तयारी गरेको जानकारी दिए । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

मंगलबार, जेठ २७, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
जनमत

आउदो निर्वाचनमा तपाईको मत कुन पार्टीलाई ?

View Results

Loading ... Loading ...
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया