थरी शनिश्चरे वडा नं ६ ले वडाका किसानहरुका निम्ति पानी तान्ने मोटर र कागतीको विरुवा सोमबार वितरण गरेको छ ।

वडा कार्यालयले आर्थिक वर्ष २०७६÷७७ को निर्धारित कार्यक्रम बमोजिम मोटर र कागती वितरण गरेको हो । नगर प्रमुख दिलिप कुमार राई (किशोर)को प्रमुख आतिथ्यमा एक औपचारिक कार्यक्रमको आयोजना गरी वडाका किसानहरुलाई २४ थान मोटर र ९ सय थान उन्नत जातको कागतीको विरुवा वितरण गरिएको थियो ।

यस्तै वडाले वडामा कार्यरत ४ जना स्वास्थ्य स्यमंसेविकाहरुलाई सम्मान पनि गरेको छ । वडाले स्वास्थ्य स्यमंसेविकाहरुको सम्मानका लागि ३० हजार रुपैयाँ विनियोजन गरेको थियो ।

नगर प्रमुख राईले वडाका किसानहरुलाई अर्गानिक खेतीतर्फ केन्द्रित हुन आह्वान गर्नुभयो । स्वस्थ मानव जीवनका लागि अर्गानिक खेती अपरीहार्य रहेको राईको भनाइ थियो । लकडाउनले कृषिको महत्व अझै बढाएको प्रसंग उल्लेख गर्दै नगर प्रमुख राईले परम्परागत विधिको बदलामा वैज्ञानिक र आधुनिक विधिबाट खेती गर्न आग्रह समेत गनुभयो । नगर प्रमुख राईले वडाको कृषि क्षेत्रको विकासका लागि नगरले सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको छ ।

यसैगरी कार्यक्रममा बोल्दै वडाध्यक्ष जय बहादुर तामाङले कृषि क्षेत्रका लागि वडा नं ६ नगरको उत्कृष्ट वडा भएको दावी गर्दै कागतीको पकेट क्षेत्रको रुपमा स्थापित हुदै गरेको वडालाई क्रमशः जोन, सुपर जोन बनाउने उद्देश्यका साथ कृषि कर्ममा लाग्न अनुरोध गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!