मंगलबार, जेठ २७, २०७७ || 655  पटक पढिएको

कोरोना संक्रमणको जोखिम बढ्न नदिने स्थितिलाई विस्तार गर्दै स्वास्थ्य र सुरक्षाको मापदण्ड अपनाएर विस्तारै सहजीकरण गर्ने गृहकार्यको सरकार अन्तिम चरणमा पुगेको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीसहित मंगलबार बसेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठक

त्यसका लागि १० चरणमा लकडाउनलाई खुकुलो बनाउन अघि सारिएको प्रस्तावमाथि अन्तिम गृहकार्य भइरहेको बताइएको छ । असार १ बाट लागू हुने गरी अघि सारिएको उक्त प्रस्तावलाई स्वास्थ्य क्षेत्रका प्राविधिक तथा चिकित्सकहरुले अध्ययन गरिरहेका प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण विडारीले जानकारी दिए ।

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोभिड–१९ रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले तयार पारेको १० चरणको लकडाउन मोडालिटीलाई आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष पेस गरिएको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीसहित सबै सुरक्षा अंगका प्रमुखहरु र विभिन्न मन्त्रीहरुबीच उक्त प्रस्तावलाई लिएर छलफल भएको थियो । छलफलका आधारमा १० चरणको लकडाउन खुकुलो बनाउने मोडालिटीलाई थप परिष्कृत गर्न लागिएको सचिव विडारीले जानकारी दिए ।

आर्थिक, स्वास्थ्य र सुरक्षालाई मुख्य आधार बनाएर लकडाउनलाई खुकुलो बनाउन उच्चस्तरीय समितिले सुरुमा तीन चरणको मोडालिटी अघि सारे पनि अहिले १० चरणको नयाँ मोडालिटीलाई नै अघि बढाउने लक्ष्य राखिएको छ । सचिव विडारीले आइतबार मोडालिटीको मस्यौदा प्रधानमन्त्रीसामु प्रस्तुत भएपछि आएका सुझावहरुका आधारमा संशोधन गरेर अन्तिम रूप दिन लागिएको बताए । १० चरणमा लकडाउन खुकुलो बनाउने मोडालिटीमा हरेक दुई सातामा स्वास्थ्य र सुरक्षालाई ध्यानमा राखेर आर्थिक र सामाजिक गतिविधिलाई व्यवस्थित रूपमा अघि बढाउँदै लैजाने उल्लेख छ ।

‘प्राविधिक टोलीले अध्ययन गरिरहेको कारणले गर्दा कहिले नै कुन चरणमा के हो भन्नु कुरा भन्न सकिन्न,’ सचिव विडारीले भने, ‘प्राविधिक कुराहरु संशोधन गर्न चिकित्सक तथा स्वास्थ्य प्राविधिकहरु खटिइरहनुभएको छ । उक्त कार्य छिट्टै टुंगिन्छ ।’

स्रोतका अनुसार आइतबार बसेको बैठकमा प्रधानमन्त्री ओलीसामु एक मन्त्रीले सरकारले कोरोना भाइरस रोकथाम र नियन्त्रणको सवालमा राजनीतिक रूपमा सफल नेतृत्व गर्न नसकेको गुनासो गरेका थिए । तर, प्रधानमन्त्री ओलीले राजनीतिक नेतृत्वमा नभई सरकारी निकायहरुबीचमा राम्रो समन्वय नहुँदा मात्र केही समस्या देखा परेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!