पूर्वसभामुख कृष्णबहादुर महराको एउटा तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भैरहेको छ । महरा पुर्ख्यौली गाउँ रोल्पा पुगेर हलो समाएर जोतिरहेको उक्त तस्बिरका बारेमा विभिन्न सकारात्मक र नकारात्मक टिप्पणीहरु पनि भैरहेका छन् । केही दिनअघि रोल्पा पुगेका महरा अहिले खेतपातीमा व्यस्त रहेको बताइन्छ । उनी बिहान र बेलुका खेतीपातीमा व्यस्त हुने र दिउँसो छलफलमा व्यस्त हुने गरेका छन् ।

महराको सम्पत्ति विवरणमा रोल्पाको लिवाङमा दुई तले पुरानो शैलीको एउटा घर र एक तले एउटा गोठ तथा ८ रोपनी सुख्खा पाखो मात्रै रहेको उल्लेख छ । उनी त्यही पाखोलाई उर्बर बनाएर खेती गर्न लागेको उनी निकट स्थानीयवासीको भनाई छ । गृहजिल्ला रोल्पा भएपनि महरा दाङ क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए । उनी दाङका स्थानीय नेता–कार्यकर्तासँगको भेटघाटमा समेत व्यस्त हुने गरेका छन् । महरा सभामुख पदमा रहेकै बेला यौन दुराचारको आरोप लागेपछि गत असोज १९ गते पक्राउ परेका थिए । तर फागुन ५ गते अदालतबाट सफाई पाएपछि उनी रिहा भएका थिए । फोटो सौजन्य : पाण्डव शर्मा

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!