बुधबार, पौष १६, २०७६ || 1081  पटक पढिएको

हिपमत डटकम
विराटनगर,पुष १६

नेपाल भारत मैत्री युवा संघले भारतबाट नेपाल आउँने पर्यटकहरुलाई स्वागत सम्मान गरेको छ । नयाँ बर्ष सन् २०२० को अवसर पारेर पर्यटक भ्रमण बर्ष २०२० को शुभारम्भ गर्दै संघले भारतीय पर्यटकहरुलाई स्वागत सम्मान गरेको हो ।

नेपाल भारत मैत्री युवा संघले बुधबार बिहानै विराटनगर रानी स्थित भारतीय सीमावर्ती क्षेत्रमै गएर नेपाल आउँदै गरेका भारतीय पर्यटकहरुलाई फुल र माला लगाएर स्वागत गरेका हुन । पर्यटन भ्रमण बर्ष २०२० लाई सफल बनाउन युवाहरु बिहानैदेखि खटिएका छन । युवाहरुले जोगबनी बजार हुँदै भारतबाट नेपाल आउने पर्यटकहरुलाई स्वागत गर्दै यहाँका प्रमुख पर्यटकीय गन्तव्य र आवश्यक जानकारीहरु समेत प्रदान गरेका छन । पर्यटन भ्रमण बर्ष २०२० लाई सफल बनाउने उद्देश्यले युवाहरुको यो पहलले सार्थकता पाउने बिश्वास लिईएको छ । तर नेपाल भारत मैत्री युवा संघको प्रदेश संयोजक मोहम्मद नशरुलले भारतीय पर्यटकहरु नेपाल भित्रिदा बोर्डरमा हुने विभिन्न समस्याहरुलाई न्युनीकरण गर्न र सहज बनाउन हरेक सीमा नाकामा हेल्प डेस्कको व्यवस्था गरिनुपर्ने बताउनुभयो । उहाँले भिजिट नेपाललाई सफल बनाउन प्रचारप्रसारको अभाव देखिएको गुनासो गर्दै यो कमी कमजोरीको बिषय भएको जिकिर गर्नुभयो ।

सम्बन्धित बिषयमा थप जोडदै भिजिट मधेश नेपालका प्रदेश संयोजक राकेश रोशन यादवले पर्यटन भ्रमण बर्ष २०२० लाई मुर्त रुप दिन र थप प्रभावकारी बनाउन आगामी दिनहरुमा प्रदेश नं. १ लाई जोडने ४ वटै नाकाहरुमा हेल्प डेस्कहरुको व्यवस्था गरिनुपर्ने र प्रदेश सरकारले छिट्टै नै पञ्चबर्षीय योजना निमार्ण गरेर अगाडि बढनुपर्नेमा जोड दिनुभयो ।

यता नयाँ बर्ष मनाउनका लागी मंगलबार नै १५० वटा भारतीय पर्यटक बोकेका सवारीसाधनहरु नेपाल भित्रिसकेका छन । आज बिहान ११ बजेसम्म मात्रै १२५ वटा भारतीय सवारी साधनहरु नेपाल भित्रिएका छन । विराटनगर महानगरपालिका राजस्व संकलन पोष्ट रानीका प्रशासकिय अधिकृत खेमराज तम्सिनाले नयाँ बर्षमा पर्यटकहरुको पर्याप्त भीडले होटल तथा लज नपाईने भन्दै मंगलबार नै धेरै सवारीसाधनहरु नेपाल भित्रिएको जानकारी दिनुभयो । यता नेपाल भित्रिएका भारतीय पर्यटकहरुले आफुलाई भिजिट नेपालको बारेमा केही पनि जानकारी नभएको बताएका छन । उनीहरु मात्र नयाँ बर्ष मनाउन नेपाल आएको जानकारी दिएका छन ।

प्रदेश सरकारले पनि आजदेखि भ्रमण बर्षको शुभारम्भ गर्दै यस बर्षलाई पर्यटन बर्षको रुपमा मनाउन गईरहेको छ । प्रदेश सरकारले प्रदेश नं. १ लाई प्रमुख पर्यटकीय स्थलको रुपमा विकास गर्न भिजिट नेपाल २०२० का साथसाथै अन्य विभिन्न कार्यक्रमहरु अघि सारेको छ । तर प्रचारप्रसारको अभावमा पर्यटकहरुले सम्बन्धित बिषयमा केही पनि जानकारी नै पाउन सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!