रुकुम पश्चिमको चौरजहारी घटनाको छानविनका लागि संसदीय विशेष समिति गठन भएको छ ।

सांसद देवन्द्र पौडेलको संयोजकत्वमा नौ सदस्यीय संसदीय छानविन समिति गठन भएको हो । समितिका सदस्यहरुमा एकवाल मिया, दुर्गा पौडेल, पार्वतीकुमारी विशुन्के, प्रकास रसाइली, विमला विक महेश्वरजंग गहतराज, मिनबहादुर विश्वकर्मा, रामसहायप्रसाद यादव रहेका छन् ।

सभामुखको निर्देशनमा रही समितिले आफ्नो कार्यविधि तय गरि लागू गर्न सक्नेछ । समितिले आवश्यक देखेका सम्बन्धित पदाधिकारी वा अन्य व्यक्तिको सहयोग लिन वा समितिमा आमन्त्रण समेत गर्न सक्नेछ । समितिको अन्य कार्यविधि प्रतिनिधि सभा नियमावली २०७५ बमोजिम हुनेछ । समितिको कार्यवधि कार्यप्रारम्भ भएको मितिले ३० दिनका लागि हुने छ ।

गत जेठ १० बेलुका जाजरकोटका नवराज विकसहितका ६ जना युवाहरुको चौरजहारीका स्थानीयको कुटपीटबाट ज्यान गएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!