सोमबार, जेठ २६, २०७७ || 879  पटक पढिएको

प्रदेश न. १ सरकारले गतशुक्रबार सार्वजनीक गरेको निती तथा कार्यक्रमको विरोध गर्दै आएको काग्रेसले सँसदको गरिमामा आँच पुरयाएको आरोप लगाएको छ ।

प्रदेश सभा बजेट अधिबेशनको सोमवारको बैठकमा छलफलमा बोल्दै मुख्य प्रतिपक्षी दल काँग्रेसका प्रमुख सचेतक केदार कार्कीले सरकारले नीति कार्यक्रम प्रस्तुतगर्दा संसदको गरिममा आँच पुरयाएको भन्दै माफ माग्न आग्रह गरेका हुन । सचेतक कार्कीले २३ जेठमा संसदमा नीति कार्यक्रम प्रस्तत गर्दा सभामुखलाई सदस्य मात्रै भनेर सम्बोधन गरेकोले संसदको गरिममा आँच पुगेको दाबी गरे । उनले प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासी मार्फत प्रस्तुत गरिएको नीति कार्यक्रममा सुरुमा मात्र सभामुखलाई सम्बोधन गरिएको तर त्यसपछि सभामुख भन्नुपर्ने ठाउँमा सदस्य मात्र भनिएकोले सरकारले संसदिय मर्यादाको मानहानी गरेको आरोप लगाए ।

सो बैठकमा बोल्दै नेकपाकी अर्की सांसद उषकलाराईले प्रतिवन्धित घरेलु रक्सी विक्री वितरण र गाँजा खेतीलाई कानुनी मान्यता दिनुपर्ने माग गरेकी छिन । उनले घरेलु रक्सी र गाँजा खेतीलाई फुकुवा गराएर कोभिड १९ पछिको अवस्थामा उत्पादन बढाउन र धेरैलाई रोजगारी दिन सकिने बताइन ।
सांसद राईले बिदेशी र ब्राण्डेड रक्सीहरु चाँही खुला गर्ने तर स्थानिय स्तरमा उत्पादन भएको घरेलु रक्सीको उत्पादनलाई चाँही गैरकानुनी बनाउने कार्य गलत भएको बताइन । उनले घरेलु रक्सीलाई पनि ब्राण्डिङ गरेर बजारमा बिक्रि गर्न प्रोत्साहन गर्नुपर्नेमा जोड दिइन ।

यस अघि नै सांसदहरु बिमल कार्कीले गाँजा खेतीको प्रतिबन्ध फुकुवा गर्न पनि माग गरेका थिए प्रतापप्रकाश हाङगाम लगायतले पनि पटक पटक घरेलु रक्सीलाई ब्राण्डडिङ गर्न माग गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!