प्रदेश १ संसदमा कांग्रेस र कम्युनिस्टको जुहारी

गाँजा खेतीको प्रतिवन्ध फुकुवा हुनुपर्ने एक सांसदको माग

सोमबार, जेठ २६, २०७७ || 703  पटक पढिएको

प्रदेश न. १ सरकारले गत शुक्रबार सार्वजनीक गरेको निती तथा कार्यक्रमको विरोध गर्दै आएको काग्रेसले सँसदको गरिमामा आँच पुरयाएको आरोप लगाएको हो ।
प्रदेश सभा बजेट अधिबेशनको सोमवारको बैठकमा छलफलमा बोल्दै मुख्य प्रतिपक्षी दल काँग्रेसका प्रमुख सचेतक केदार कार्कीले सरकारले नीति कार्यक्रम प्रस्तुतगर्दा संसदको गरिममा आँच पुरयाएको आरोप लगाउनु भयो । उहाँले सरकारले माफ माग्न आग्रह गर्नुभयो । कार्कीले २३ जेठमा संसदमा नीति कार्यक्रम प्रस्तत गर्दा सभामुखलाई सदस्य मात्रै भनेर सम्बोधन गरेकोले संसदको गरिममा आँच पुगेको आरोप छ ।
सो बैठकमा बोल्दै नेकपाकी अर्की सांसद उषकलाराईले प्रतिवन्धित घरेलु रक्सी विक्री वितरण र गाँजा खेतीलाई कानुनी मान्यता दिनुपर्ने माग गर्नुभएको छ । उहाँले घरेलु रक्सी र गाँजा खेतीलाई फुकुवा गराएर कोभिड १९ पछिको अवस्थामा उत्पादन बढाउन र धेरैलाई रोजगारी दिन सकिने बताउनुभयो ।
सांसद राईले बिदेशी र ब्राण्डेड रक्सीहरु चाँही खुला गर्ने तर स्थानिय स्तरमा उत्पादन भएको घरेलु रक्सीको उत्पादनलाई चाँही गैरकानुनी बनाउने कार्य गलत भएको बताउनुभयो ।
सांसदहरु बिमल कार्कीले गाँजा खेतीको प्रतिबन्ध फुकुवा गर्न पनि पटक पटक माग गर्दै आउनुभयो । प्रतापप्रकाश हाङगामले समेत पटक घरेलु रक्सीलाई ब्राण्डडिङ गर्न माग गर्दै आउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!