होप धरानको आर्थिक सहयोग तथा हिपमत मिडिया हाउस बिराटनगरको संयोजनमा दुहबिको निसहाय बालबालिकालाई आर्थिक सहयोग उपलब्ध भएको छ । अहिले देश नै लक डाउनको अवस्थामा छ। यस विपतको घडीमा दुहबीका बालबालिकालाई ८ हजार बराबरको खाद्यान्नहरु उपलब्ध गराएको हो।

होप धरान मार्फत समाज सेवा गर्दै आएका समुहलाई कुनै पनि परिस्थितिले छेकेको छैन । होप धरानले दुहबिको निसहाय बालबालिकालाई सहयोग उपलब्ध गराउदै होप धरानका निश्चल पलिखेले यस्तो प्रतिक्रिया दिएका हुन।उनले भने – `सेवा कुनै ठाँउ,परिधि भित्र मात्र सिमित हुदैन। समाज सेवाकै क्रममा धरान ,इटहरी हुँदै आज दुहबीको निसहाय बालबालिका आश्रममा होप धरानले केहि सहयोग प्रदान गरेको छौं। हिपमत मिडिया हाउसको संयोजनमा हामीले यो कार्य गर्दा निकै नै खुशी लागेको छ पालिकेले खुशी व्यक्त गर्नु भयो । हिपमत मिडिया हाउसका अध्यक्ष बीरेन्द्रकुमार साहले होप धरानको यो मानबिय कार्यकोलागि जति पनि तारिफ गरे कम हुने बताउनु भयो। उहाहरुले सुनसरीको विभिन्न स्थानमा हरपल मानबिय सेवा गर्दै हुनुहुन्छ उहाहरुको यो कदममा सबैले सकेको सहयोग गर्नु पर्छ हिपमत मिडियासंग सहकार्य गरेकोमा होप धरानमा सम्पूर्ण सहयोगी मनहरुलाई धन्यवाद समेत व्यक्त गर्नु भयो।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!