अश्वेत जर्ज फ्लोयडको अमेरिकामा भएको मृत्युको विरोधमा संसारभरी प्रदर्शन भइरहेको छ । आइतबार सेन्ट्रल लण्डनमा मानिसहरुले अश्वेतको समर्थनमा प्रदर्शन गरे । यतिबेला प्रदर्शनकारीको प्रहरीसँग झडप भयो । तत्पश्चात्, वेस्टमिन्स्टर डिस्ट्रिक्टमा कर्फ्यू लगाइएको छ ।

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले उक्त प्रदर्शनको तरिकामाथि प्रश्न उठाएका छन् । उनले आइतबार ट्वीटमा भने, ‘मानिसहरुलाई शान्तिपूर्ण तरिकाले प्रदर्शन गर्ने हक छ तर प्रहरीलाई हमला गर्ने अधिकार छैन । विरोध जताउनेहरुले नै यो प्रदर्शनको घाँटी अँठ्याएका छन् । उनीहरु आफ्नो उद्देश्यलाई पूरा गर्दैनन् । हिंसाका लागि जिम्मेवारहरुमाथि कारवाही हुनेछ ।’

लण्डनमा मानव तस्करको सालिक फुटाएर नदीमा फ्याँकेः
लण्डनमा आइतबार प्रदर्शनकारीले १७ औं शताब्दिका बेलायती मानव तस्कर (स्लेव ट्रेडर) एडवर्ड कोल्स्टनको मूर्ती फुटाएर त्यसलाई नदीमा फ्याँकिदिए । फ्याँक्नुअघि जर्ज फ्लोयडको गर्धनमा प्रहरीले जसरी घुँडा राखेका थिए, त्यसै गरी मूर्तीको घाँटीमा पनि घुँडा राखियो । उक्त सालिक ब्रिस्टलमा राखिएको थियो । कोल्स्टनले १७ औं शताब्दिमा अफ्रिकीहरुलाई अमेरिकालगायत अन्य देशमा बेच्ने गर्दथे । यद्यपि, पछि उनले समाजको भलाईमा काम गर्न थाले जसका कारण उनले समाजमा सम्मानित दर्जा हासिल गरे ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!