नेपालमा लकडाउन जारी रहदा पनि राष्ट्रिय गौरवको आयोजना पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको काम भने निरन्तर चलिरहेको छ । नेपाली र चिनीया गरी करिब ३ सय जति मजदुरहरु क्वारेन्टाईनमै बसेर काम गरिरहेका छन् । बिमानस्थल निर्माणका लागी माटोका कडा ढिस्को फोर्न, चट्टानहरु काट्नका लागी बेला बखतमा त्यहा बिस्फोट गराउँदा स्थानीयहरुका घरहरुमा क्षेती पुगेको भन्दै स्थानीयहरु आक्रोशित बनेका छन् । घर नजिकै करिब १०० मीटरको दुरीमै बिमानस्थल निमार्णका लागी बिस्फोट गराउँदा घरहरु चर्किएको र ध्वनी प्रदुषण भएकाले त्यो काम तत्काल रोक्न स्थानीयहरुको माग छ ।

स्थानीयहरुले यसप्रकारमा मागहरु बारम्बार गरे । कहिले वडा कार्यालय त कहिले जिल्ला प्रसासन देखी आयोजना प्रमुखसम्म भेटेर बिन्ती बिसाएका थिए र कहि कतैबाट पनि यसको सुनुवाई नभएपछि आफ्नो भबिष्य खोज्दै लकडानकै बेला बाहिर निस्कीएर बिरोध गर्नुपरेको स्थानीयहरु बताउँछन् । पोखरा महानगरपालिका वडा नं. १४, हवेली मार्गका स्थानीयहरू नारा जुलुससहित आन्दोलनमा उत्रिएका हुन् । विमानस्थल निर्माणका क्रममा कडा खालका चट्टानहरू विष्फोट गराएर फाल्नुपर्ने भएको र यसरी गर्दा काम छिटो हुने भन्दै आयोजनाले विष्फोट गराएको थियो त्यहीका कारण साना तथा ठूला घरहरु चर्किएका छन्, स्थानीयहरु भन्दै थिए । थप जानकारीको लागि तलको भिडियो हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!