कोरोनाभाइरसका कारण विभिन्न देशहरु लकडाउन गरिएका छन् । युरोपेली देश नेदरल्याण्डमा लकडाउनको क्रममा नियमनिकै कडा बनाइएको थियो । यो नियमको आलोचना भएपछि यहाँको सरकारले देशका सिंगल महिला तथा पुरुषहरुलाई यौ’नसाथी खोज्न सल्लाह दिएको छ ।

द गार्डियनको समाचार अनुसार लकडाउनका क्रममा लागू गरिएको नियमअनुसार केही शर्तहरु पालना गर्दै घरमा तीन जनासम्म बोलाउन पाइन्छ । यसबाहेक अहिले सरकारले यहाँका सिंगल महिला पुरुषलाई से’क्स पार्ट’नर खोज्न सल्लाह दिएको हो । से’क्स पार्टनर खोज्ने क्रममा केही कुराहरुमा भने ध्यान दिन भनिएको छ ।

नेदरल्याण्डको नेशनल इन्स्टिच्युट फर पब्लिक हेल्थ एण्ड द इन्भायरमेन्ट (आरआइभीएम)ले भनेको छ कि सिंगल व्यक्तिहरुले एक अन्य व्यक्तिको साथमा बस्ने व्यवस्था गर्नुपर्छ । आरआइभीएमले यसरी से’क्स पार्टनरसँग बसेको अवस्थामा कसैमा कोरोनाभाइरस संक्र’मण देखिएको अवस्थामा भने यौ’नबाट टाढा रहन भनेको छ । यसअघि नेदरल्याण्डमा सिंगल व्यक्तिहरुलाई से’क्सको लागि कुनै सल्लाह नदिइएको भन्दै सरकारको आ’लोचना भएको थियो ।

आरआइभिएमको सल्लाहमा भनिएको छ – जसको से’क्स पार्टनर छैनन् उनीहरुले आफूजस्तै व्यक्तिहरुसँग बस्नको लागि आपसमा सम्झौता गर्न सक्छन् ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!