रुपा र कृष्ण वलीको जोडी सामाजिक सञ्जालमा निकै भाइरल जोडी हो । उनीहरुको जिवनको संघर्ष मानिसको जिवनका लागि प्रेरणा दिने खालको छ । रुपा र कृष्ण कलियुगका लागि राधा र कृष्णका जोडी हुन् भन्दा पनि फरक पर्दैन । निकै अप्ठेरो अवस्थामा रुपाले कृष्णलाई साथ दिएकी छन् । उनको मायाका कारणले नै कृष्णले आफ्नो जिवनको सबैभन्दा दुखद् अवस्थावाट पार भएका छन् । उनीहरु अहिले आफ्नो जिवनलाई निकै उल्लासपूर्ण तरिकाले बिताएका छन् ।

दुर्घटनामा हात र खुट्टा गुमाएका कृष्णलाई रुपाको माया र साथ नै जिउने आधार बन्यो । एक अर्कालाई निकै माया गर्ने यो जोडीलाई यति ठूलो दुर्घटनाले पनि छुटाउन सकेन । हात खुट्टा गुमाएका कृष्णलाई रुपाले माया, साथ र हौसला दुवै दिइन् । सामाजिक सञ्जालमा चलेको अभियानका कारण उनीहरुले आर्थिक सहयोग पाए । देश र विदेशवाट आशिर्वाद र माया पाए । अहिले कृष्णले कृतिम खुट्टा लगाएका छन् ।

आफ्नो जिवनमा आएको सबैभन्दा खुसीको क्षण सार्वजनिक गर्दै रुपाले आफुलाई आशिर्वाद दिन भनेकी छन् । उनी गर्भवती भएको खबर आफ्ना फ्यानहरुलाई बाँडेकी छन् । आफ्नो दुखको समयमा पनि साथ दिएका शुभचिन्तकहरुका लागि खुसीको कुरा भन्दै उनले गर्भवती अवस्थाका तस्बिर सार्वजनिक गरेकी हुन् । ति तस्विरमा हजारौंले बधाई दिएका छन् । उनीहरुको खुसीमा खुसी ब्यक्त गरेका छन् ।

यो उनीहरुको खुसीमा लाखौं मानिसको साथ समर्थन र सहयोग छ । त्यसैले यिनीहरु एक भाग्यमानी जोडी पनि मान्न सकिन्छ । जिवनमा आएको एउटा ठूलो विपत्तीको सामना गर्न उनीहरुलाई लाखौं मानिसको साथ र समर्थन प्राप्त भयो । सबैको सहयोगका कारण नै यो सम्भव भएको हो । उनले आफ्नो विवाहको तेस्रो वार्षीक उत्सवका अवसरमा यि तस्बिर सार्वजनिक गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!