आइतबार, जेठ २५, २०७७ || 844  पटक पढिएको

समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच एकीकरण गरी बनेको जनता समाजवादी पार्टी नेपाल (जसपा)का नेताहरु पार्टी दर्ताका लागि निर्वाचन आयोग नेपाल पुगेका छन् ।

पाँचजना पदाधिकारीसहित ५२ जनाको नाम राखेर पार्टी दर्ता गराउन लागिएको छ । बैशाख १० समाजवादी पार्टी र राजपा नेपालबीच एकीकरण भएको थियो ।

एकीकरणको बारेमा आयोगलाई जानकारी गराए पनि पार्टी दर्ता भएको थिएन । निर्वाचन आयोगलाई जानकारी गराएको ४५ दिनभित्र पार्टी दर्ता हुनुपर्ने प्रावधान रहेको छ । ठिक ४५ दिनपछि पार्टी दर्ताका लागि जसपाका नेताहरु आयोग पुगेका हुन् ।

दुवै पार्टीबाट २६–२६ जना नेता केन्द्रीय समितिमा रहेका छन् । पार्टीको एक नम्बरमा अध्यक्ष महन्थ ठाकुरको नाम राखिएको छ भने दोस्रो नम्बरमा संघीय परिषद्को। यसैगरी तेस्रो नम्बरमा केन्द्रीय समितिको अध्यक्ष उपेन्द्र यादवलाई राखिएको छ भने चौथो र पाँच नम्बरमा क्रमश: वरिष्ठ नेतामा अशोक राई र राजेन्द्र महतोलाई राखिएको छ । अरु सबैलाई केन्द्रीय सदस्यमा राखिएको छ । नेतृत्व र वरियताका विषयमा आजै नेताहरुबीच सहमति जुटेकाे थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!