आइतबार, जेठ २५, २०७७ || 1728  पटक पढिएको

सिराहा जिल्लाको गोलबजार नगरपालिका वडा नं.९ (चोहर्वा)मा रहेको मारुती सिमेन्टमा नयाँ बन्दै गरेको प्लान्टबाट खसेर एक जना मजदुरको मृत्यु भएको छ ।
मारुती सिमेन्टको नयाँ बन्दै गरेको प्लान्टको निर्माणाधीन संरचनामा काम गरिरहेका भारतको गुवाहाटीका महर अलीको खसेर मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाका (डिएसपी) सन्तु प्रसाद जैसवारले जनाएको छ ।
४० फिट अग्लो नयाँ प्लान्टको प्रि–हिटरबाट खसेर गम्भीर घाइते भएका अलीको कर्जन्हा नगरपालिका वडा नं.११ स्थित फुलकुमारी मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाका (डिएसपी) जैसवारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!