विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोनाभाइरसको संक्रमणको गति रोक्नुभन्दा अघि लकडाउनलाई नखोल्न सरकारहरुलाई चेतावनी दिएपछि ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोले संगठनबाट बाहिरिने चेतावनी दिएका छन् । ‘अमेरिकाले डब्लूएचओ छाडेको बारेमा हामी अध्ययन गर्दै छौँ । र, भविष्यमा डब्लूएचओले सैद्धान्तिक पक्षपात बिना काम गर्नुपर्छ नत्र हामी पनि बाहिरिने छौँ,’ शुक्रबार राष्ट्रपति कार्यालयबाहिर पत्रकारहरुसँगको कुराकानीमा बोल्सोनारोले भने । बोल्सोनारोका सैद्धान्तिक मित्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत हप्ता डब्लूएचओलाई चीनको कठपुतली बनेको आरोप लगाउँदै संगठनसँगको सम्बन्ध अन्त्य गर्ने घोषणा गरेका थिए । यता, बोल्सोनारोले पनि अमेरिकी राष्ट्रपतिकै तरिकाले कोरोनाभाइरसको संक्रमणसँग जुधिरहेका छन् । उनले भाइरसको चुनौतिलाई बेवास्ता गर्दै होम क्वारेन्टिनको उपायको आलोचना गर्दै आएका छन् भने हाइड्रोक्लोरोक्वीन औषधीको खुलेर तारिफ गर्ने गरेका छन् । उनले डब्लूएचओलाई चेतावनी दिइरहँदा ब्राजिलमा भाइरसबाट मृत्यु हुनेको संख्या भने ३५ हजार नाघेको छ । मृत्तकको मामिलामा ब्राजिल अमेरिका र बेलायतपछि तेस्रो स्थानमा रहेको छ । देशमा संक्रमितको संख्य ६ लाख नाघेको छ भने पछिल्लो २४ घण्टामा मात्र १ हजार ४३७ जनाले ज्यान गुमाएका छन् ।

स्रोत : अलजजिरा

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!