सरकारले क्वारेन्टिनमा बस्दै आएका सबै नागरिकको आरटीपीसीआर परीक्षण नगर्ने भएको छ । तर, विज्ञहरूले भने भरपर्दो र विश्वसनीय भएकाले पीसीआर परीक्षण गर्नुपर्ने सुझाव दिँदै आएका छन् । तर, सरकारले उनीहरूको सुझावलाई बेवास्ता गरेको छ । विश्व स्वास्थ्य संगठनले पनि कोरोना भाइरस पहिचानका लागि आरटीपीसीआर विधि नै उपयुक्त भएको बताए पनि क्वारेन्टिनमा बस्दै आएका सबै नागरिकको आरटीपीसीआर परीक्षण नगर्ने योजनामा सरकार पुगेको हो । जसका कारण संक्रमणको दर अत्यधिक बढ्ने खतरा देखिएको छ ।विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस पहिचानका लागि आरडीटी कीट प्रयोग नगर्न पटक पटक भन्दै आएको छ । तर, संक्रमणको स्रोत नै मानिएका क्वारेन्टिनमा बस्दै आएका नागरिकहरू लक्षणविहीन देखिए तत्कालका लागि आरडीटी कीट प्रयोग गर्ने गरी स्वास्थ्य मन्त्रालयले निर्देशिका तयार पारेको छ । यो समाचार आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!