मंगलबार, पौष १५, २०७६ || 1498  पटक पढिएको

हिपमत डटकम
कञ्चनपुर पौष १५ गते

कञ्चनपुरको भीमदत्त नगरपालिका १८ सालघारीका इन्द्र चुनारालाई प्रहरीले चार वर्षीया छोरीको बलात्कार गरी हत्या गरेको आरोपमा पक्राउ गरेको छ । चार वर्षीया छोरी सुशिलाको इन्द्र चुनारा सौतेलो बाबु हुन् ।चार वर्षीया छोरी सुशिलाको बलात्कारपछि हत्या गरेको आरोप ३० वर्षीया बाबु चुनारालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय भीमदत्तले जनाएको छ ।जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरिक्षक नरेन्द्रबहादुर चन्दका अनुसार बालिकालाई कुटपिट र बलात्कार गरी हत्या गरेको आशंकामा चुनारालाई पक्राउ गरिएको हो ।बालिकाको बलात्कारपछि हत्या गरिएको प्रारम्भीक अनुसन्धानबाट खुलेको प्रहरी नायव उपरिक्षक चन्दले बताए ।बालिकाको शव परिक्षणका लागि महाकाली अस्पतालमा राखिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!