प्राचीन समयमा आजकै तिथि नवमीमा माता सिताले यस धर्तीमा प्रकट भएको बताइएको छ । त्यसकारण आजको तिथिलाई सिता नवमी पनि भनिन्छ । पौराणिक ग्रन्थमा उल्लेख भएअनुसार राजा जनकले खेत जोतिरहेको बेला धर्तिबाट एक कन्याको रुपमा निस्केकीको कारण सितालाई हलोको फाली भन्ने चलन रहेको छ । खेत जोत्दै गर्दा धर्तिबाट निस्किएकी राजा जनककी छोरीको रुपमा निस्किएकी सितालाई जनकले आफ्नो छोरीको रुपमा स्वीकार गरेकी थिइन् । त्यही भएको कारण उनलाई जानकी पनि भनिन्छ । हिन्दुधर्मअनुसार बाल्यकालको खेल्ने समयमा माता सिताको भगवान शिवजीकोे धनुष उठाएकी थिइन् । राजा जनकले उनलाई सामान्य कन्या मानेकी थिइनन् । किनकी धनुषलाई रावण, बारासुर लगायत कयौँ वीर योद्धाले हल्लाउने समेत गरेका थिएनन् । त्यही भएर जानकीको विवाह धनुष तोड्ने वीर व्यक्तिसँग गरिने निश्यि भएको थियो । उनको स्वयंवरमा बसेका श्रीरामले उक्त धनुष उठाएर तोडेका थिए । त्यही भएर सिता र रामको विवाह भयो । अशोक वाटिकामा श्रीरामको समचार सुनाएपछि अजर अमर हुने वरदान पाएका सिताले अष्ट सिद्धी र नव निधिहरुलाई प्रदान गरिन् । त्यसकारण आज हामी माता सितासँग जोडिएका केही महत्वपूर्ण कुराहरुको बारेमा बताउन गइरहेका छौँ ।

१.सितालाई पतिव्रता धर्मकी साक्षात उदाहरण पनि भन्ने गरिन्छ । किनकी उनलाई माता अनुसुयाले पतिव्रतको उपदेश दिएकी थिइन् । उनले पतिव्रतको उपदेश मातासँग निकै धैर्य गरेर सुनिन् । उनलाई यो थाहा थियो की वृद्ध मानिसको शिक्षाबाट धेरै कुरा सिक्न सकिन्छ ।

२.रावणले सिताको हरण गरे तर सितालाई रावणको पनि प्रलोभन स्वीकार गरिनन् । उनी रावणसँग एकरति पनि डराइनन् । रावणसँग सबैजना डराउने गर्थे तर सिताले भने रावणको हरेक कुरालाई तिरस्कार गरिहिन् ।

३.अशोक बाटिकामा हनुमानले सितालाई श्रीरामको नाम अंकित मुद्रिकाको दिएर रामकथा सुनाए । तर सिताले उनको कुरालाई कहिल्यै विश्वास गरिनन् । जब उनले मन, वचन र कर्मले राम दूूत हुन भन्ने विश्वास गरेपछि मात्रै हनुमानसँग सिताको वार्ता मिलेको थियो ।

४.माता सिता आफ्नो आमाबूबालाई सम्मान दिने गर्थिन् । उन सधै आफ्नो आमाबूबाको आज्ञाको पालना गर्थिन् । आफ्नो आमाबाबू जस्तै सासू ससुराको आज्ञापनि उत्तिकै लिने गर्थिन् । जब उनी वनवासमा रहेको बेला मातापिता भेट्न आएका थिए । तब उनले पहिला आएकी सासूको आज्ञा दिइन् र आफ्नो मातापितालाई भेट गरिन् ।

५.विवाहपछि सिता सधै श्रीरामको हेरचाह गर्ने गर्थिन् । जबकी उनी राजमहलमा धेरै सेवक थिए । जब रामलाई पिताले बनवास जाने आज्ञा दिए । तब रामसँगै सिता पनि वनबास जाने तयारीमा रहिन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!