शुक्रबार, जेठ २३, २०७७ || 618  पटक पढिएको

कोरोना भाइरसको जोखिमबाट बच्नका लागि सरकारले गरेको बन्दाबन्दीकै क्रममा उच्च अदालत पाटनले आगामी सोमबारदेखि बन्दाबन्दीको समयमा केही सेवा शुरु गर्ने भएको छ ।

अदालतले सोमबारदेखि मिलापत्र, मुद्दा फिर्ता, तामेलीलगायतका सेवा थप गर्ने र बन्दाबन्दीमा मुद्दा फैसला हुन नसकी अभियागपत्रमा दाबी लिएको सजायभन्दा बढी कैद थुनामा बसेकाको हकमा मुद्दाको सुनुवाइ गर्ने निर्णय गरेको अदालतमा उपरजिष्ट्रार शम्भुप्रसाद रेग्मीले जानकारी दिए ।

यसअघि, अदालतले बन्दी प्रत्यक्षीकरणका निवेदनसहित अतिरिक्त म्याद थप, अभियोगपत्र दर्ता, बयान, थुनछेक आदेश, सरकारले दर्ता गर्ने पुनरावेदनलगायतका काम गर्दै आएको थियो । कोरोना भाइरस सङ्क्रमणको अवस्था भएकाले कानून व्यवसायी, सेवाग्राहीको उपस्थितिलाई व्यवस्थित गराउने अदालतको व्यवस्थापकीय पक्षसमेतलाई ध्यानमा राखी बन्दाबन्दीमा भन्दाबाहेकका अन्य मुद्दा सुनुवाइ गर्ने भएको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!