“सुरक्षित जीवनका लागि जैविक विविधता” भन्ने मुल नाराका साथ विश्व वातावरण दिवस सम्पन्न भएको छ । प्रत्येक बर्ष डिभिजन वन कार्यालय मोरङ ले फलफुलका विरुवा वितरण तथा बृक्षारोपण गरि
विश्वस्तरमा विश्व वातावरण दिवस पनि यस वर्ष ४८औं विश्व वातावरण दिवस मनाएको छ । डिभिजन वन कार्यालय मोरङ र विभिन्न संघसंस्थाहरुले मोरङ जिल्लाका विभिन्न स्थानमा फलफूल लगायत काष्ठजन्य प्रजातिका विरुवाहरु वितरण एवं वृक्षारोपण गरी मनाएकाेे छ ।


नेपाल सरकारले घोषणा गरेको राष्ट्रिय बृक्षारोपण वर्षलाई अभियानको रुपमा सफल बनाउने क्रममा ग्रामथान गाउपालिकाका वडा नं. ६ स्थित पब्लिक माध्यमिक विद्यालयको जग्गामा वृक्षारोपण गरिएको छ । उक्त कार्यक्रममा माननीय उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री श्री विजयकुमार विश्वास ले २ सय बटा आँप, कटहर, लिची जस्ता फलफूल र मसला, टीकको गरी ९ सय २५ विरुवा राेपिएकाे छ । डिभिजन वन कार्यालय मोरङ अन्तर्गतका विभिन्न सब डिभिजन वन कार्यालयहरु बेलबारी, पथरी, मंगलबारे र कानेपोखरी सव डिभिजन वन कार्यालयहरुले कार्यालय कम्पाउण्डमा, बृक्षाराेपण गरिएको छ ।

साेहि क्रममा विराटनगर ८ जतुवास्थित स्वस्थानेश्वर मन्दिरको सार्वजनिक जग्गा, आमजुंगंी सामुदायिक वन केराबारीको खाली वनक्षेत्रमा फलफुलका विरुवा रोपण तथा मंगलबारे र लेटाङ मा वन उपभोक्ता तथा किसानहरुलाई फलफूलका विरुवा वितरण गरिएको छ । यसैगरी रंगेली नगरपालिका ७ स्थित आर्यघाटमा आँप, लिची लगायतका ४० वटा फलफुलका विरुवाहरु र राजवृक्ष जामुन लगायतका अन्य फूल फुल्ने विरुवाहरु रोपण गरिएको जिल्ला बन कार्यलय माेरङका विशाल घिमिरेले बताए ।
साेहि अवसर पारेर बिराटनगर महानगरपालिका वडा नम्बर ४ कन्चनबारी देखि नोबेल अस्पताल सडकको दायाँबायाँ पनि फुल फुल्ने जातको बिरेन्द्रफुल बिरुवाको १ सय ५० वटा बृक्षारोपण गरिने योजना रहेको घिमिरेले बताए । उक्त कार्यक्रम हरुमा
बेलबारी नगरपालिका का प्रमुख ग्यानेन्द्र सुवेदी,
पथरी शनिश्चरे नगरपालिकाका प्रमुख दिलीप राइ , कानेपोखरी गाउपालिका का अध्यक्ष तारा बहादुर काफ्ले, रंगेली का मनाेज अग्रवाल , लगायत काे समेत उपस्थिति रहेको थियोे । मोरंग जिल्लामा फलफुल का ६ हजार ३ सय ८५ बटा तथा अन्य काष्ठजन्य ६ हजार २ सय ६० गरी जम्मा १२ हजार ६ सय ४५ बृक्षारोपण भएको हाे । यस वर्ष डिभिजन वन कार्यालय मोरङबाट ४० हेक्टर जग्गामा बृक्षारोपण गर्ने तथा आठ लाख विरुवा विभिन्न नीजि तथा सरकारी स्तरमा रोपण गर्न वितरण गरिने योजना कार्यालयबाट बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!