जसमा एक ४ बर्षीय बालक देश छा’डेर मरुभूमीको बाटो हुँदै छिमेकी मुलक जोर्डन जान लागेको देखिन्छ।

सिरियामा गृ’ह यु’द्धका कारण लाखौं मानिसले ज्या’न गुमा’एका हुन्। ९ वर्षदेखि जारी यु’द्धमा मृ’त्यु हुनेको सङ्ख्या तीन लाख ८० हजार भन्दा बढि छ। मा’रि’नेमा हजारौं बालबालिका समेत छन। सिरियामा जारी द्व’न्द्वका कारण एक करोड ३० लाख बढि सिरियाली नागरिक आन्तरिक वा बाह्यरूपमा विस्था’पित भएका छन्। यु’द्धका कारण सिरियामा अर्बोँ अमेरिकी डलर बराबरको भौतिक संरचना न’ष्ट भएका छन्। धेरै वालबालिका टु’हु’रा भएका छन्। यसैबीच, सामाजिक सञ्जालमा एउटा फोटो भाइरल बनेको छ। जसमा एक ४ बर्षीय बालक देश छाडे’र मरुभूमीको बाटो हुँदै छिमेकी मुलक जोर्डन जान लागेको देखिन्छ। आफ्नी आमा र बहिनीलाई गुमा*एका बालकले हातमा एउटा झोला समातेका छन्। उक्त झोलामा आमा र बहिनीको लुगा रहेको बताइएको छ। सिरिया देखि जोर्डन जान मरुभूमिको यात्रा गरिरहेका बेला अधिकारीहरुले फोटो लिएका हुन्। यो फोटोले सिरियाली नागरिकको अवस्थाबारे धेरै कुरा बोल्ने दाबी गरिएको छ। सिरियाको दक्षिणी सहर दारामा सन् २०११ को मार्च १५ देखि सुरू भएको सरकार वि’रोधी आ’न्दोलनपछि सिरिया कल्पना नगरेको गृहयु’द्धमा पुगेको हो। सिरियाली राष्ट्रपति बसर अल-सद विरो’धी आन्दोलनलाई सरकारले क’डारूपमा दवाउन खोजेपछि चारैतिर सशस्त्र द्व’न्द्व चर्कि’एको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!