शुक्रबार, जेठ २३, २०७७ || 769  पटक पढिएको

 

विराटनगर, आवधिक योजनाले तोकेका कार्ययोजना र मध्यकालिन खर्च योजनासमेत तुर्जमा भई लागू भएको अवस्थामा आयोजनाको प्राथमिकीकरण गर्न प्रदेश दिग्दर्शन समेत स्विकृति गरिएको र अयोाजना तथा योजनालाई समयमै सक्न दस्तावबजेको महत्वपूर्ण भूमिका रहेको प्रदेश न. १ का प्रमुख सोमनाथ अधिकारी प्यासीले जनाए । आर्थिक वर्ष २०७७ को निती तथा कार्यक्रम प्रदेश सभा भवनमा प्रस्तुत गर्दै पूँजीगत खर्च बढाउने, चौमासिक प्रगति सार्वजनिक गर्ने व्यवस्था गरिएको र स्विस सरकारबाट प्राप्त रु. १ अर्ब बराबरको अनुदानलाई सदुपयोग गर्ने सरकारले जनाएको छ । विकास तथा सुशासनको लागि कानुनी आधार तयार गर्न २०७६(७७ मा १३ थप र जम्मा ४० ऐन बनाइएको, २० नियमावलीसमेत निर्देशिका आदि समेत गरी जम्मा ६६ वटा सहायक कानुनी दस्तावेज तयार भएको प्रदेश प्रमुख प्यासीले जनाए । भौतिक निर्माण तर्फ प्रदेश निर्वाचन केन्द्रीत ६२ सडक र प्रादेशिक ५ सडक स्वीकृति दिई निर्माण काम शुरु भएको, मुख्यमन्त्री सडक ८७ समेत गरी १८६ सडक पुल र ११४ झोलुंगे पुल सरकारको प्राथमिकता भएको स रकारको नीति तथा कार्यक्रममा उल्लेख छ । यस अवधिमा १५ झोलुंगे र २७ किलोमिटर सडक कालोपत्रे भएको प्यासीले सुनाए । सरकारको नीति तथा कायृक्रममा विराटनगर विमानस्थलमालाई अन्तर्राष्ट्रिय बनाउन संघीय सरकारसंग समन्व गर्ने, जनता अवास कार्यक्रम ४ हजार ६ सय ४५ घर बनाउने, चालू आबमा रु.१ करोड ९७ लाख डेरी प्रशोधन २० वटा स्थपना भएको, ९ साना चिया प्रशोधन केन्द्र बनेको जनाइएको छ । यसैगरी चालू आबमा उद्योग वाणिज्य क्षेत्रमा ४० हजार रोजगारी सिर्जना भएको नीति तथा कार्यक्रममा छ । १७६ मा वृक्षारोपण वन क्षेत्रमा वृक्षरोपण भएको र ८ हजारमा रोजगारी सिर्जना भएको जनाइएको छ । प्रदेशसंग सम्बन्धित ९ जना किर्तीमानीलाई पर्यटन दूत घोषणा, ९० वर्षभन्दा माथिकालाई सम्मान, विद्यालय भवन सुधार,ई–एजुकेसनमा छात्रालाई छात्रवृत्ति जस्ता कार्यक्रमलाई सरकारले आफ्नो चालू आर्थिक वर्षको उपलब्धीको रुपमा अथ्र्याएको छ । सरकारले वृहत विराट क्षेत्रको कार्यान्वयन गर्न भूउपयोग नीति अपनाउने र आसपासको क्षेत्रलाई सेटलाइट स्वतःस्फूर्त उपनगरी बनाउन अध्ययन थाल्ने भएको छ । वृहत विराट क्षेत्रको चक्रपथक निर्माणको काम अघि बढाउने, विराटनगर चक्रपथ तिव्रता दिने, इटहरी बाहिरी चक्रपथ निर्माणको सम्भाव्यता अध्ययन गर्ने छ जस्ता कार्यक्रमलाई पनि नीति तथा कार्यक्रममा समेटिएको छ । सुरुको वर्ष २१ अर्ब १८ करोड दोस्रो वर्ष खर्च गर्दा यो ५९ प्रतिशत प्रारम्भिक वर्षको खर्च उत्साहजनक रहेकोमा कोभिड महामारीले प्रभावित बनेको जनाइएको छ । सीमानाकाबाट आउनेहरुबाट संक्रमण भित्रीएकोले पूर्वतयारी र योजनासाथ रहेकोले चुस्त व्यवस्थापन गर्न सक्षम भएको पनि सरकारको दाबी छ । यसलाई पराजित गर्न सबै एक ढिक्का भई लाग्नुको विकल्प नरहेको नीति तथा कार्यक्रमा उल्लेख गरिएको छ । कोरोना महामारीका कारण किसानलाई परेको असर तथा नोक्सानी सम्बोधन गर्न राहत प्याकेज र वैदेशिक रोजगारी गुमाएर स्वदेश फर्कने युवाका लागि स्वरोजगारमुलक परियोजना सञ्चालन गर्ने प्रदेश १ सकारले घोषणा गरेको छ । तत्कालको लागि विकास कार्यक्रमका प्राथमिकतामा बाध्याकारी परिस्थिति सिर्जना भएकोले विषयगत रुपमा स्वास्थ्य र कृषि पहिलो प्राथमिकतामा रहने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ  . सरकारकोतर्फबाट प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले शुक्रबार वर्ष २०७७ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै किसानका लागि रु. ४५ करोड राहत प्याकेज घोषणा गरेका हुन । कोभिड १९ कारण विश्वका विभिन्न भागबाट रोजागरी गुमाई प्रदेशका फर्कने युवाका लागि स्वरोजगारमुलक परियोजना संचालन गर्नेसमेत सरकारले तयारी गरेको छ । रोजगारी गुमाएर आउने विदेशबाट युवालाई उत्पादनीश, उद्योग तथा भौतिक विकासमा उच्च प्राथमिकता दिदैं शिक्षा,सुरक्षा र सुशासनलाई उचित प्रबन्ध गरिने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ । प्रदेश १ का करिब २ लाखसम्म युवा फर्कन सक्नेका आँकलन गर्दै यसरी फर्कने वा चाहनेका लागि रुचिअनुसार कार्यक्रम तर्जुमा गर्न प्रदेश योजना आयोगबाट अनलाइन फारम आह्वान गरिने छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!