मंगलबार, पौष १५, २०७६ || 957  पटक पढिएको

हिपमत डटकम
झापा, पौष १५ गते ।

झापाको बिर्तामोड नगरपालिका-६ का २४ बर्षीय रुपेश बिश्वकर्मालाई ११३ ग्राम ९०
मिलिग्राम नियन्त्रीत लागु औषध ब्राउनसुगर सहित पक्राउ गरिएको छ । झापाको रत्न
सुपरमार्केटमा लागुऔषध ब्राउनसुगरको कारोवार भईरहेको भन्ने गोप्य सूचनाका आधारमा
ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले बिश्वकर्मालाई पक्राउ
गरेको हो । बिश्वकर्माको साथबाट प्रहरीले १ ग्राम ६६० मिलिग्राम ब्राउनसुगर फेला
पारेको थियो । निजको साथबाट लागुऔषध बरामद भएसंगै निज सुत्ने कोठामा समेत गई
खानतलासी गर्दा निजको कोठामा रहेको Samsung power bank भित्र लुकाई छिपाई
राखिएको ११२ ग्राम ४३० मिलिग्राम ब्राउनसुगर बरामद भएको थियो । ठुलो
परिणामको लागुऔषध सहित पक्राउ परेका बिश्वकर्माको सम्बन्धमा थप अनुसन्धान
भईरहेको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!