शुक्रबार, जेठ २३, २०७७ || 1289  पटक पढिएको

शुक्रबार यो वर्षको दोस्रो चन्द्रग्रहण लाग्दै छ । यो ग्रहणलाई दक्षिण एशियाबाट पनि देख्न सकिनेछ । यसअघि १० जनवरीमा वर्षको पहिलो चन्द्रग्रहण लागेको थियो । आजको चन्द्रग्रहण शुक्रबार राति साढे ११ बजेबाट शुरु हुनेछ र शनिबार बिहानी २ बजेर ४९ मिनेटसम्म जारी रहनेछ । १ बजेर ९ मिनेट जाँदा यस ग्रहणको प्रभाव सबैभन्दा धेरै रहने बीबीसी हिन्दीले जनाएको छ । यो ग्रहणलाई एशिया, युरोप, अस्ट्रेलिया र अफ्रिकाबाट हेर्न सकिनेछ । आज देखिने चन्द्रग्रहण पीनम्ब्रल अर्थात् उप छाया ग्रहण हो । यसमा पृथ्वीको मुख्य छायाको बाहिर हिस्सा चन्द्रमामाथि पर्दछ । जसले गर्दा चन्द्रमा चमक फिक्का पर्नेछ । वरिष्ठ वैज्ञानिक टीवी वेंकटेश्वरनका अनुसार यो उप छाया ग्रहण भएको कारण यसको असर धेरै देखिनेछैन । चन्द्रमामा मात्र हल्का छाया देखिनेछ । यसले चन्द्रमाको ५८ प्रतिशत हिस्सा मात्र ढाक्नेछ । वेंकटेश्वरनका अनुसार यो ग्रहण हेर्न सजिलो छैन । चन्द्रग्रहण पूरा प्रभावमा तपाईंले निकै ध्यान दिनएर हेर्नुपर्ने हुन्छ । यदि अकाश सफा छ भने चन्द्रमाको उत्तरी र दक्षिणी क्षेत्रमा चन्द्रमाको चमकमा केही अन्तर देख्न सकिनेछ । सन् २०२० मा कूल ६ वटा ग्रहण लाग्नेछ । यसमा दुई सूर्यग्रहण र चार चन्द्रग्रहण लाग्नेछ । अब आगामी चन्द्रहरण ५ जुलाई र ३० नोभेम्बरमा लाग्नेछ भने २१ जुन र १४ डिसेम्बरमा सूर्यग्रहण लाग्नेछ ।

स्रोत : बीबीसी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!