मंगलबार, पौष १५, २०७६ || 1768  पटक पढिएको

हिपमत डटकम
तेह्रथुम, पौष १५ गते ।

तेह्रथुमको छथर गाउँपालिका-१ का ७२ बर्षीय नर बहादुर लिम्बुको घर बनाउने क्रममा
घरको १ तला माथीबाट लडेर मृत्यु भएको छ । सोमवार बिहान ८ बजे आफ्नै घर बनाउने
क्रममा घरको १ तलामाथीबाट लडेर घाईते भएका लिम्बुलाई उपचारको लागी
बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपा पठाईएको थियो । लिम्बुको उपचारमा
संग्लग्न चिकित्सकले निजको उपचार हुन असम्भव रहेको भनी जानकारी गराएसंगै
लिम्बुलाई घर तर्फ लैजाने क्रममा बाटोमा नै राती साँढे १० बजे मृत्यु भएको थियो ।
मृतकको शव परिक्षणको लागि जिल्ला अस्पताल धनकुटामा राखिएको छ भने अन्य थप
अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!